परिवार दलमा एकनाथ फेरि पनि अध्यक्ष चुनिए

काठमाडौं । नेपाल परिवार दलमा एकनाथ ढकाल पुनः अध्यक्ष चुनिएका छन् । पार्टीको तेस्रो राष्ट्रिय महाधिवेशनबाट उनी अध्यक्षमा पुनः चुनिएका छन् ।
महाधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संविधान सुधार आयोग लगायतको बिषयलाई पारित गरेको छ ।
अधिवेशनबाट ढकालको अध्यक्षतामा १०१ केन्द्रीय समिति निर्विरोध निर्वाचित गरिएको छ । अधिवशेनबाट बरिष्ठ उपाध्यक्षमा विनोद डाँगी उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, महामन्त्री सन्तोषकुमार पौडेल र प्रकाशबाबु थापा तथा सह–महामन्त्रीमा पाँच सदस्य चुनिएका छन् ।
सहमहामन्त्रीमा संविधानसभा सदस्य मिलन कुमारी राजवंशी, रुपसिँह भण्डारी, मनोजकुमार सुर्खेति, अब्दुल कैयुम शाह, अशोककुमार चौधरीलाई चयन गरिएको छ ।
यस्तै, कोषाध्यक्षमा गोविन्द नाथ मिश्र र सहकोषाध्यक्षमा बुद्धि माया पुन मगरलाई चुनिएको छ ।
संविधान सुधार सिफारिस आयोग गठन प्रस्ताव पारित
परिवार दलको राष्ट्रिय महाधिवेशनले संविधान सुधार सिफारिस आयोग गठन गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।
कोरोना संक्रमणले गर्दा थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न तथा संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवश्यक सुधारका लागि संविधान सुधार सिफारिस आयोग गठन गर्ने प्रस्ताव परिवार दलले गरेको छ ।
पुनः अध्यक्ष चुनिएपछि ढकालले संविधान निर्माणपछिको पहिलो दशकलाई ‘आर्थिक क्रान्तिको दशक’ घोषणा गदै तराई मधेशका बासिन्दाको हितलाई ध्यानमा राखी विशेष आर्थिक प्याकेज सञ्चालन गर्ने संविधान समयानुकूल र जनआकांक्षा अनुरूप संशोधन गर्दै लैजानुपर्ने जोड दिएका छन् ।


















एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया