शाओमीको टिभी र फोन किन्दा विशेष छुट

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्शिप फोन पोको एफ ३ जीटी र मी टिभिमा पाँच हजार रुपैंया बराबरको छुट ल्याएको छ ।
आफ्नो उपभोक्ताहरुको मागलाई ध्यानमा राख्दै कम्पनीले पोको एफ ३ जीटी र मी टिभिमा छुटको व्यवस्था गरेको हो ।
टर्बो एमोलिड डिस्प्ले र फ्ल्याग्शिप मिडिया टेक चिपसेटयुक्त यो फोनमा १२० हर्जको रिफ्रेश रेट र ४८० हर्जको टच स्याम्प्लिङ् रेट रहेको कम्पनीले जनाएको छ ।
यो म्याग्लेव ट्रिगर भएको प्रिमियम स्मार्टफोन भएकाले एक स्विचमै गेमिङ फोनमा पनि परिवर्तन गर्न सकिने पनि कम्पनीले जनाएको छ ।
त्यसैगरि मी टिभि एन्ड्रोइडमा चल्ने र यो टिभिमा रेकमेन्डेसन् सिस्टम रहेकाले अहिले चलेका सबै स्ट्रिमिङ प्ल्याट्फर्महरु सपोर्ट गर्ने जनाइएको छ ।
कम्पनीको स्मार्ट फोन र टिभीमा पुरानो मूल्य भन्दा कम मूल्यमा विक्री गरिएको पनि जनाएको छ । कम्पनीले पोको एफ ३ जीटीलाई ५१ हजार ९ सय ९९ र मी टिभिलाई २९ हजार ९ सय ९९ रुपैयाँ मूल्य कायम गरेको छ ।
पोको एफ ३ जीटीमा एक वर्षको बीमा पनि रहेको भन्दै आधिकारिक बिक्री केन्द्रहरुबाट खरिद गर्दा उपलब्ध हुने पनि कम्पनीले जनाएको छ । बीमा योजना भने सीमित अवधिको लागि मात्र लागू हुने जनाइएको छ ।

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
प्रतिक्रिया