मंगलबार, वैशाख १, २०८३

प्रधानमन्त्री देउवा दम्पती महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन

मेरोन्यूज २०७८ मंसिर ७ गते ७:१३

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत चयन भएका छन् । उनी गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमका अनुसार उनी सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् । सभापति देउवाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिएका थिए ।

यस्तै कांग्रेस नेतृ एवं प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी छन् । कांग्रेस पार्टीको विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ ।

प्रतिक्रिया