कांग्रेस महाधिवेशन : राज्यमन्त्री उमेश श्रेष्ठ निर्वाचित
मेरोन्यूज
२०७८ मंसिर ७ गते ९:१३

काठमाडौँ । राज्यमन्त्री तथा नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनी चितवन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
सोमबार भएको अधिवेशनमा खुलातर्फ १० जना विजयी भएका थिए । जसमा श्रेष्ठ नवौँ नम्बरमा विजयी भएका हुन् । उनले ३२० मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसले आगामी मंसिर २४ देखि २६ गतेसम्म १४ औँ केन्द्रीय महाधिवेशन गर्ने कार्य तालिका सार्वजनिक गरेको छ । यसका लागि देशभरबाट प्रतिनिधि चयन कार्य भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया