बुधबार, फागुन २०, २०८२

फ्रन्ट्लाइनरका लागि कोकाकोलाको अनग्राउन्ड एक्टिभेसन सम्पन्न

मेरोन्यूज २०७८ मंसिर ७ गते १८:४०

काठमाडौं । बहुराष्ट्रिय कम्पनी कोकाकोलाले कोभिड महामारीको समयमा फ्रन्टलाइनमा रहेर काम गर्ने कर्मचारीहरुप्रति विशेष रुपमा समर्पित अन–ग्राउन्ड एक्टिभेसन सम्पन्न गरेको छ । कोका–कोलाको सन २०२१ को दशैँ क्याम्पेन अन्तर्गत धन्यवाद शीर्षकमा अन–ग्राउन्ड एक्टिभेसन कार्यक्रम गरिएको थियो ।

उक्त अन–ग्राउन्ड एक्टिभेसन अभियानमा कोका–कोला वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), स्टार अस्पताल (काठमाडौं) र ह्याम्स अस्पताल (काठमाडौं) लगायत नेपालको प्रमुख ५ कोभिड अस्पतालहरुसँग आबद्ध भएको थियो ।

यस्तै, एम्बुलेन्स सेवा प्रदायक “नेपाल एम्बुलेन्स सेवा”, “वुमन फर ह्युमन राइट्स” र क्रिएशन इनको सन्जाल अन्तर्गत फोहोर व्यवस्थापनमा संलग्न कामदारहरु लगायत महामारीको समयमा उल्लेखनीय योगदान पु¥याउने अन्य १३ गैर–सरकारी संस्थाहरुसँग पनि कोका–कोलाले सहकार्य गरेको थियो ।

यो अभियानको क्रममा कोका–कोलाले अग्रपंक्तिमा रहेर काम गर्ने सेवा प्रदायकहरुलाई उपहारको रुपमा उनीहरुको नाम छापिएको कोक बोटल र कोका–कोला कन्टोर ग्लास भएको ब्यक्तिगत धन्यवाद गिफ्ट बक्स प्रदान गरेको थियो ।

कोका–कोलाले कोरोना महामारीमा स्वास्थ्य क्षेत्रमा गरेको कामको प्रशंसा गरेकोमा अझै राम्रो सेवा गर्ने प्रोत्साहन मिलेको ह्याम्स अस्पतालको कोभिड वार्डमा निरन्तर कार्यरत रजिस्टर्ड नर्स ज्योति अधिकारीले बताइन् ।

कोका–कोला नेपालको कन्ट्री डिरेक्टर आदर्श अवस्थीले कोकोकोलाको अभियानको बारेमा जानकारी दिएका थिए ।

उनले कोरोना महामारीमा समुदायप्रति फन्टलाइनरहरुले गरेको निःस्वार्थ प्रतिबद्धताप्रति सलाम गरे ।

कोका–कोलाले गत सेप्टेम्बरमा धन्यवाद शीर्षक दशैँ क्याम्पेन ल्याएको थियो । आमा, बुवा, दाजु, भाई, दिदी, बहिनी, साथी र सेवाकर्मी गरि ८ वटा सम्बन्धहरुको लागि “धन्यवाद” लेखिएको नयाँँ कोक बोटल पनि बजारमा ल्याएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया