भक्तपुरको सामुदायिक वनमा भेटियो मानव कंकाल
मेरोन्यूज
२०७८ मंसिर ८ गते ९:४४
भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कंकाल भेटिएको छ । जंगलमा लप्सीको फेदमा पुरुषको कंकाल फेला परेको हो ।
महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार कंकालसँगै लप्सीको रुखको हाँगामा जुटको डोरी चुँडिएको अवस्थामा भेटिएको छ । घटनास्थलमा रहेको झोलामा बाँसको चोया काट्ने चक्कु, चेकसर्ट र झोलाका आधारमा प्रहरीले कंकाल पहिचानको प्रयास गरिरहेको गिरीले जानकारी दिए । कंकाल परीक्षण गर्न काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको छ । घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित









वेवारिसे अवस्थामा मोरङबाट ९२१ किलो ६६ ग्राम गाँजा बरामद
एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एमाले महाधिवेशनको तयारी तीव्र
एनपीएल : बलिङमा नेपाली खेलाडी चम्किए, ब्याटिङमा विदेशी
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
प्रतिक्रिया