काभ्रेली ‘डन’ गणेश लामा कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित
मेरोन्यूज
२०७८ मंसिर ८ गते १६:५०

काठमाडौं । काभ्रेली ‘डन’ भनेर परिचित गणेश लामा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उनी महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।
उनले आफू महाधिवेशन प्रतिनिधि जितेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
कांग्रेस उपसभापति विजयकुमार गच्छदारनिकट मानिने लामा गच्छदार नेपाल लोकतान्त्रिक फोरमको अध्यक्ष हुँदा लामा उक्त पार्टीको केन्द्रीय सदस्य रहेका थिए । गच्छदारको पार्टी २०७४ मा कांग्रेसमा बिलिन भएको थियो ।
पछिल्लो समय नेकपा एमालेमा विभाजन आएसँगै गण्डकी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्दै गर्दा लामाले पोखरा पुगेर भूमिका खेलेका थिए ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
प्रतिक्रिया