कञ्चनपुर कांग्रेसको जिल्ला सभापतिसहित बोगटीको प्यानल घोषणा
मेरोन्यूज
२०७८ मंसिर ८ गते १९:२६

काठमाडौं । नेपाली कांग्रेस कंचनपुरका जिल्ला सभापतिमा पदम बोगटीले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । बोगटीले बुधबार पत्रकार सम्मेलन जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यसमेत रहेका बोगटी कांग्रेस कञ्चनपुरको सचिव पनि हुन् । बोगटीले नेपाली कांग्रेस कञ्चनपुरको संगठनलाई थप उर्जावान बनाउन र पहिलो पार्टीको रुपमा स्थापित गर्ने आफुले सभापति पदमा उम्मेदवारी दिन लागेको बताए ।
बोगटीको प्यानलबाट उपसभापतिमा बर्तमान सचिव दिवाकर पाण्डे र बर्तमान कोसाध्यक्ष शंकर चन्द, सचिवमा नेपाल ट्रेड युनियनका सुदुर पश्चिम् प्रदेश अध्यक्ष सिद्धराज भट्ट र बर्तमान जिल्ला कार्य समिति सदस्य जनक धामी तथा सहसचिवमा बर्तमान जिल्ला कार्य समिति सहसचिव पुस्कल चौधरी र जिल्ला कार्यसमिति सदस्य कबिराज भट्ट उम्मेदवार भएका छन् ।
सम्बन्धित















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया