मधुमेहका विरामीले नियमितरुपमा आँखा परीक्षण गराऔं

काठमाडौं । हरेक तीन मध्ये एकजना मधुमेहका बिरामीले जीवनकालमा कुनै न कुनै प्रकारले दृष्टीमा क्षति ब्यहोर्नु पर्ने गरेको आँखा रोग विशेषज्ञहरुले बताएका छन् ।
विश्व मधुमेह दिवसको अवसरमा तीलगंगा आँखा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा आँखा रोग विशेषज्ञहरुले बताएका हुन् ।
आँखाको पर्दा रोग विशेषज्ञ डा.रबा थापाले मधुमेहले आँखाको पर्दामा एक पटक असर गरिसकेपछि सधैको लागि नराम्रो असर गर्ने बताइन् । उनका अनुसार यसको उपचारमा सर्वप्रथमतः मधुमेह रोगलाई नै पूर्णतया नियन्त्रणमा राख्नु पर्दछ अन्यथा कुनै पनि उपचार पद्धति प्रभावकारी हुन सक्दैनन् ।
उनले भनिन्,’ मधुमेह रोग आफैमा संवेदनशील छ। यो रोगको दुर्गामी असर न्युनिकरणका लागि पहल गर्न आवश्यक छ। सन्तुलित आहार, नियमित व्यायाम,नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ।’
उनका अनुसार आँखामा मधुमेहले पार्ने असर बारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाईएको छ ।
प्रतिष्ठानले सप्ताहव्यापी कार्यक्रममा मधुमेहको आँखामा असर सम्बन्धि जनचेतना फैलाउनको लागि अस्पतालको हाताभित्र जानकारीमूलक विभिन्न सामाग्रीहरु वितरण गरिएको छ ।
अन्तराष्ट्रिय मधुमेह संघका अनुसार विश्वमा ४६ करोड ३० लाख मानिस मधुमेह बाट ग्रसित छन् । अन्धो पना, खुट्टा काट्नुपर्ने अवस्था, हृदय रोग, मृगौलाले काम नगर्ने अवस्था र असामायिक निधनको प्रमुख कारणको रुपमा मधुमेह देखिएको छ । गत २८ कात्तिक देखि ४ मंसिरसम्म मधुमेहको आँखामा असर सम्बन्धी सचेतना सप्ताह मनाएको छ ।
आमसंचारका विभिन्न माध्यम रेडियो, टेलिभिजन तथा सामाजिक संजालको माध्यमबाट सामाग्रीहरु प्रचार प्रसार गरिएको प्रतिष्ठानले जनाएको छ ।
मधुमेह लागेका ब्यक्तिमा ह्रदय रोगको जोखिम सामान्य मानिसमा भन्दा तिनगुना बढी हुन्छ । मिर्गौलाले काम नगर्ने जोखीम मधुमेहका विरामीमा १० गुणा बढी हुन्छ ।
साताभरि प्रतिष्ठान लगायत प्रतिष्ठानको शाखा सामुदायिक आँखा अस्पताल र आँखा केन्द्रहरुमा मधुमेहका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको छ । जसमध्ये ९९ जनाले निःशुल्क परिक्षण र १५ जनाले विशेष उपचार (लेजर थेरापी र अभाष्टिन इन्जेक्सन) सेवा लिएका छन् ।
विश्वमा कुल अन्धोपना मध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना यहि डायवेटिक रेटिनोपेथीको कारणले हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । चिकित्सकहरुले मधुमेह रोगको पहिचान हुनासाथ डाक्टरको सल्लाहअनुसार नियमितरुपमा आँखा परीक्षण गराउन सुझाएका छन् ।











यस्तो छ आजको विदशी मुद्राको विनिमयदर
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया