मधुमेहका विरामीले नियमितरुपमा आँखा परीक्षण गराऔं

काठमाडौं । हरेक तीन मध्ये एकजना मधुमेहका बिरामीले जीवनकालमा कुनै न कुनै प्रकारले दृष्टीमा क्षति ब्यहोर्नु पर्ने गरेको आँखा रोग विशेषज्ञहरुले बताएका छन् ।
विश्व मधुमेह दिवसको अवसरमा तीलगंगा आँखा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा आँखा रोग विशेषज्ञहरुले बताएका हुन् ।
आँखाको पर्दा रोग विशेषज्ञ डा.रबा थापाले मधुमेहले आँखाको पर्दामा एक पटक असर गरिसकेपछि सधैको लागि नराम्रो असर गर्ने बताइन् । उनका अनुसार यसको उपचारमा सर्वप्रथमतः मधुमेह रोगलाई नै पूर्णतया नियन्त्रणमा राख्नु पर्दछ अन्यथा कुनै पनि उपचार पद्धति प्रभावकारी हुन सक्दैनन् ।
उनले भनिन्,’ मधुमेह रोग आफैमा संवेदनशील छ। यो रोगको दुर्गामी असर न्युनिकरणका लागि पहल गर्न आवश्यक छ। सन्तुलित आहार, नियमित व्यायाम,नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ।’
उनका अनुसार आँखामा मधुमेहले पार्ने असर बारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाईएको छ ।
प्रतिष्ठानले सप्ताहव्यापी कार्यक्रममा मधुमेहको आँखामा असर सम्बन्धि जनचेतना फैलाउनको लागि अस्पतालको हाताभित्र जानकारीमूलक विभिन्न सामाग्रीहरु वितरण गरिएको छ ।
अन्तराष्ट्रिय मधुमेह संघका अनुसार विश्वमा ४६ करोड ३० लाख मानिस मधुमेह बाट ग्रसित छन् । अन्धो पना, खुट्टा काट्नुपर्ने अवस्था, हृदय रोग, मृगौलाले काम नगर्ने अवस्था र असामायिक निधनको प्रमुख कारणको रुपमा मधुमेह देखिएको छ । गत २८ कात्तिक देखि ४ मंसिरसम्म मधुमेहको आँखामा असर सम्बन्धी सचेतना सप्ताह मनाएको छ ।
आमसंचारका विभिन्न माध्यम रेडियो, टेलिभिजन तथा सामाजिक संजालको माध्यमबाट सामाग्रीहरु प्रचार प्रसार गरिएको प्रतिष्ठानले जनाएको छ ।
मधुमेह लागेका ब्यक्तिमा ह्रदय रोगको जोखिम सामान्य मानिसमा भन्दा तिनगुना बढी हुन्छ । मिर्गौलाले काम नगर्ने जोखीम मधुमेहका विरामीमा १० गुणा बढी हुन्छ ।
साताभरि प्रतिष्ठान लगायत प्रतिष्ठानको शाखा सामुदायिक आँखा अस्पताल र आँखा केन्द्रहरुमा मधुमेहका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको छ । जसमध्ये ९९ जनाले निःशुल्क परिक्षण र १५ जनाले विशेष उपचार (लेजर थेरापी र अभाष्टिन इन्जेक्सन) सेवा लिएका छन् ।
विश्वमा कुल अन्धोपना मध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना यहि डायवेटिक रेटिनोपेथीको कारणले हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । चिकित्सकहरुले मधुमेह रोगको पहिचान हुनासाथ डाक्टरको सल्लाहअनुसार नियमितरुपमा आँखा परीक्षण गराउन सुझाएका छन् ।
















सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
आजको मौसम : पहाडी भूभागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहर
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया