एमाले महाधिवेशन आजदेखि सुरु हुने, विदेशी नेतासमेत सहभागी हुँदै

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशन आजदेखि सुरु हुने भएको छ । चितवनको नारायणी नदी किनारमा हुने सम्मेलन आगामी तीन दिनसम्म चल्ने भएको हो ।
महाधिवेशन प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएका थिए । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू बिहीबार नै चितवन पुगिसकेका थिए ।
महाधिवेशनको उद्घाटन सत्रमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदायसमेत गरी पाँच लाख जना सहभागी हुने एमालेले जनाएको छ । सहभागीलाई नारायणी नदी किनारको नारायणगढ र गैँडाकोट दुवैतर्फ राखिने भएको छ ।
बन्द सत्रमा भूगोल, जनसंगठन, विभाग, सम्पर्क कमिटी र प्रवास कमिटीका गरी दुई हजार १७५ प्रतिनिधि र १०३ जना पर्यवेक्षक सहभागी हुने छन् । प्रतिनिधिहरूमध्ये ६२७ जना महिला प्रतिनिधि हुने छन् । दलित उत्पीडित क्षेत्रबाट २०९ जना प्रतिनिधि आउने छन् ।
कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत सहभागी हुने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।
बन्दसत्रलाई पार्टी अध्यक्ष ओली र विदेशी पाहुनाले सम्बोधन गर्ने कार्यक्रम छ । महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत विभिन्न देशका राजनितिक दलका नेताहरू सहभागी हुने प्रचार विभाग प्रमुख भट्टराईले बताए । ११ गते बिहान ८ बजेदेखि बन्दसत्र सुरु हुने र बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको उनले जानकारी दिए ।
आगामी १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने छ । सय वटा इलेक्ट्रोनिक भोटिङ मेसिनमध्ये १० वटा स्टक राखेर ९० वटामा भोटिङको काम हुने भएको हो । त्यस दिन साँझसम्म मतपरिणाम सार्वजनिक गर्ने कार्य तालिका रहेको छ ।















सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित तीन जना नियुक्त
अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
प्रतिक्रिया