शुक्रबार, वैशाख ४, २०८३

कांग्रेस महाधिवेशनः सुदूरपश्चिम प्रदेश सभापतिमा हिम रावलले गरे उम्मेदवारी घोषणा

पुस्कर पौडेल २०७८ मंसिर १० गते २०:५५

कैलाली । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति पदको उम्मेदवारीमा हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली काग्रेसको १४ औँ महाधिवेशन अन्तरर्गत यही मंसिर १६ र १७ गते हुने प्रदेश अधिवेशनका लागि रावलले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरेर आफनो उम्मेदवारी घोषणा गरेका हुन् ।

पार्टीको १२ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवारीमा पराजित उनले अहिले पार्टीलाई थप बलियो, सुढृदीकरण गर्ने लक्ष्यसहित उम्मेदवारी दिने मनसाय बनाएको बताए ।

काँग्रेसले स्थानीय चुनावदेखि संघीय चुनावमा पराजित ब्यहोरेकाले आउँदो चुनावमा काँग्रेसलाई एकलौटी जित दिलाउने उद्देश्यका साथ प्रदेश सभापतिका लागि उम्मेदवारी दिएका उनले बताए ।

नेता रावलले पार्टी सभापति शेरबहादुर देउवाकै प्यानलबाट आफ्नो उम्मेदवारी रहेको बताए । उनले सहमतिमा नेतृत्व छान्ने अवस्थामाबाहेक आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका छन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य मोहनसिंह राठोर,नेता भक्तबहादुर थापा, रंग सुनार, विष्णु ढकाल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रतिक्रिया