कुनै व्यक्तिले सूची प्रस्तुत गरेर नेता हुने प्रचलन होइन : भिम रावल
मेरोन्यूज
२०७८ मंसिर १३ गते ९:३७

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले कसैले टीका लगाएर पद दिँदैमा नेता बन्न नसक्ने बताएका छन् । जारी १० औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ३ बजे १९ सदस्यीय पदाधिकारी र ३०१ जना केन्द्रीय कमिटीको नामावली पेश गरेका थिए । यसप्रति लक्षित गर्दै उपाध्यक्ष रावलले भने, ‘आफूले इच्छा लागेको पदमा मनोनय पत्र दाखिला गर्न पाउनु पर्छ, हाम्रो पार्टीमा कुनै व्यक्तिले सूची प्रस्तुत गरेर नेता हुने प्रचलन होइन ।’
उनले पार्टीको विधि पद्दतिलाई बलियो बनाउन पहिलेदेखि नै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको बताए । उनले अहिले पार्टीका समूह भन्ने कुरा नभएकाले एक्लै अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका थिए ।
सम्बन्धित

















झापा–५ : ओलीभन्दा ४ हजार मतले बालेन अगाडि
धनकुटामा एमालेको सुरुवाती अग्रता
झापा– १ मा रास्वपाकी निशा डाँगीको अग्रता
७० क्षेत्रमा रास्वपा अगाडि, अरू कुन दलको अग्रता कति ?
भक्तपुरमा–२ : रास्वपाका राजीव खत्रीले ७ हजार मत पाउँदा महेशकाे कति ?
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
नेप्से ३८ अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
प्रतिक्रिया