एमालेको यी पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौँ । नेकपा एमालेको जारी १० औँ महाधिवेशनमा निर्वाचनको तयारी हुँदै गर्दा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरु विजयी भएको औपचारिक घोषणा गर्न मात्र बाँकी रहेको छ ।
वरिष्ठ उपध्यक्ष कसैको उम्मेदवारी नपरेसँगै पोखरेल निर्विरोध भएका हुन् । यस्तै, महासचिवमा पनि कसैले उम्मेदवारी नदिँदा शंकर पोखरेल निर्विरोध हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी तीन सिट रहेको उपमहासचिवमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका तीन जना नेताहरूबाहेक कसैले उम्मेदवारी दिएका छैनन् । योसँगै नेताहरू प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित हुने भएका छन् ।
यता, अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ । ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, ७ सचिवमा ९ जनाको उम्मेदवारी परेको छ ।
















गगन उम्मेदवार रहेकाे सर्लाही-४काे मतगणना सुरु
नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाकाे धावा
रास्वपाको खाता खुल्यो, काठमाडौं–१मा रञ्जु दर्शना विजयी
धादिङ-१ मा रास्वपाकी आशिका तामाङको अग्रता
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
प्रतिक्रिया