करिडोरमा ट्र्याक्टर दुर्घटना, दुईको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर १३ गते १९:५१

बलेवा । बागलुङको बलेवामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध१च ३६० नंको ट्र्याक्टर कालीगण्डकी करिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छैन ।
दुवै जना पुरुष भएको स्थानीयवासी भरत पौडेलले जानकारी दिए । दुर्घटनामा घाइते भएका १२ वर्षीय सुदीप केसीलाई उपचारका लागि पर्वत सदरमुकाम कुश्माको अस्पताल लैजाने तयारी भइरहेको छ । घटनास्थलमा प्रहरी पुगेको छ । ट्र्याक्टर चालक भने फरार छन् । कैयादेखि करिडोरमा उक्लिने क्रममा ट्र्याक्टर भिरबाट झन्डै २०० मिटर तल खसेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
सम्बन्धित
















गगन उम्मेदवार रहेकाे सर्लाही-४काे मतगणना सुरु
नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाकाे धावा
रास्वपाको खाता खुल्यो, काठमाडौं–१मा रञ्जु दर्शना विजयी
धादिङ-१ मा रास्वपाकी आशिका तामाङको अग्रता
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
प्रतिक्रिया