एनएमबि बैंक एशियाकै उत्कृष्ट बन्न सफल

काठमाडौं । एनएमबि बैंक लिमिटेड एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको छ । एनएमबि बैंक एसियाकै सर्वोत्कृष्ट बैंकको रुपमा पुरस्कृत भएको बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले जानकारी दिए ।
नेपाली बैंकिङ इतिहासमै पहिलोपटक एनएमबि बैंकले ‘बैंक अफ दि इयर एशिया २०२१’ अवार्ड हात पार्न सफल भएको छ ।
सबैको मेहनत र विश्वासले बैंकले यो अवार्ड पाउन सफल भएको सीईओ केसीले बताए ।
बेलायतको लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले एनएमबि बैंकलाई छनोट गरेको हो ।
एशियाका ४८ देशका बैंकहरु यस अवार्डको प्रतिष्पर्धामा सहभागी थिए ।
‘बैंक अफ दि इयर अवार्ड’ सन् २००२ मा स्थापित भएको थियो । यो अवार्ड प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्यपूर्वी युरोप, एसिया अमेरिका, मध्यपूर्व र अफ्रिका गरी ६ वटा महादेशभरिकै सर्वोत्कृष्ट बैंकहरुलाई प्रदान गरिँदै आएको छ ।
उक्त उपाधि बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु तथा एनएमबिका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कार प्रदान गरेका थिए ।

















पूर्वी लेबनानको बालबेकमा इजरायलको आक्रमण, चार जनाको मृत्यु
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
खामेनीको मृत्युले विश्व तरंगित
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
प्रतिक्रिया