कैलालीमा चार महिनामा ५३ जना एचआईभी संक्रमित थपिए

कैलाली । कैलालीमा पछिल्लो चार महिनाको अवधिमा ५३ जना एचआइभी संक्रमित थपिएका छन् । विगतको तुलनामा यस वर्षको चार महिनाको अवधिमा जिल्लामा एचआईभी संक्रमितको संख्यामा वृद्धि भएको छ ।
स्वास्थ्य कार्यालय कैलालीको तथ्याङ्कअनुसार कैलालीमा पछिल्लो चार महिनामा मात्रै ५३ जना एचआईभी संक्रमित थपिएका छन् ।
तथ्याङ्क अनुसार कैलालीमा २०७६/०७७ मा १५२ जना एचआईभी संक्रमित फेला परेकोमा पछि वर्ष २०७७/०७८ मा त्यो संख्या घटेर ११२ जनामा सीमित भएको थियो । तर चालु आर्थिक वर्षको चार महिनामा मात्रै ५३ जनामा एचआईभी संक्रमित फेला परेको स्वास्थ्य कार्यालय कैलालीका निर्मित कार्यालय प्रमुख लालबहादुर धामीले जानकारी दिए ।
कोरोना भाइरस संक्रमण सुरु भएपछि समुदायमै गएर चेकजाँच गर्दा संक्रमित संख्या बढेको उनले बताए ।
‘कैलालीमा समग्रमा एचआईभी संक्रमितको संख्या घटेको भएपनि पहिलै संक्रमण भएर पत्ता नलागेकाहरु र अहिले भारतबाट आउनेहरुलाई समुदायमै गएर एचआईभी टेस्ट गरिरहेका छौं,’ उनले भने, ‘समुदायमा गएर टेस्ट गर्दा लुकेका संक्रमितहरु पत्ता लाग्दा त्यो तथ्याङक बढेको देखिएको हो ।
वास्तवमा तुलनात्मक रुपमा संक्रमण बढेको छैन् ।’गरिबी, जनचेतना अभावलगायतका कारण मानिसहरु एचआईभी संक्रमणको जोखिममा परिरहेको निमित्त प्रमुख धामीको भनाई छ । उनले संक्रमण थप घटाउन जनचेतनामुलक कार्यक्रमहरु पनि गर्न आवश्यक रहेको बताए ।
२० वर्षदेखि ४९ वर्ष उमेर समूहका मानिसमा बढी एचआईभी संक्रमण देखिएको उनको भनाइ छ । उनका अनुसार हाल कैलालीमा एक हजार ६०९ जना संक्रमित छन् । संक्रमितहरुले एआरटी औषधि सेवन गरिरहेका छन् ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया