कांग्रेसको बागमती प्रदेश सभापतिमा ईन्द्र बानियाँको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका बागमती प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्रबहादुर बानियाँले पार्टीको बागमती प्रदेश सभापतिमा उम्मेद्धवारी घोषणा गरेका छन् । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै बानियाँले आफ्नो उम्मेद्धवारी घोषणा गरेका हुन ।
बानियाँले बागमती प्रदेशको उन्नती र प्रगतिको लागि आफूले सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने वताए । उनलेभने, हामी १४औं महाधिवेशनमा जुटिरहेका छौं । १६ गते प्रदेश अधिवेशन प्रारम्भ हुँदैछ । कांग्रेसलाई जनमुखी बनाउन र सबैलाई आफ्नो पार्टी भन्ने विश्वास दिलाउनको लागि पनि हामीले भोलिका दिनमा अझै सशक्त भूमिका खेल्नुपर्नेछ ।’
कांग्रेसले आन्दोलन र क्रान्तिलाई विश्राम गर्दै शान्ति र समृद्धिको नेतृत्व गर्नुपर्ने उनले बताए ।
‘कम्युनिष्टबाट सपनाको पोकै पोका,जनतालाई धोकै धोका भयो । हामी त्यस्तो गर्दैनौं । हिजो जनताले कम्युनिष्टलाई प्रचुर बहुमत दिएकै हुन्, तर प्रचुर बहुमत पाएर नेकपाले केही गर्न सकेन् । बरु, जनतामा निराशा छायो,’ उनले भने ,‘कांग्रेसले धर्म र राजा खोज्ने सबैलाई जोड्ने काम गरेको छ ।’
कांग्रेसले गरेको राजनीति जात, धर्म र कुनै संस्थाको नाममा होईन,जनताको सेवाको लागि राजनीति गरेको उनको भनाई छ । उनले बाग्मती प्रदेशमा रहेका ५५ लाख जनताको सुख, सुमृद्धिको लागि आफूले दत्तचित्त भएर काम गर्ने पनि बताए ।


















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया