खुकुरी रमको नयाँ प्याकेजिङमा ग्राहकको ध्यान

काठमाडौँ । अन्तर्राष्ट्रिय स्तरको अनुभवसहित नेपाली मौलिकपनलाई मिसाएर बनाइएको खुकुरी रमको नयाँ प्याकेजिङको आकर्षकले ग्राहकको ध्यान तानेको छ । करिब ६ दशकदेखि उपभोग गरिरहेका ग्राहकहरूले नयाँ प्याकेजिङको विषयमा उत्साहजनक प्रतिक्रिया दिइरहेका बिक्रेताहरुले जनाएको छ ।
नयाँ प्याकेजिङमा नेपालको मौलिकतासहित नवीन र पृथक विशेषताहरु थपिएका छन् । ‘द नेपाल डिस्टिलरिज’का महाप्रबन्धक सुभास लामिछानेका अनुसार रमको नयाँ बोटलको बिर्कोले नेपाली वीरताको प्रतीक खुकुरीको बिँडको अनुभूति दिएको छ ।
रमको नयाँ प्याकमा रातो घेरामा अंकित सगरमाथाको शिखर, शिखरमा उदाएको सूर्य र सूर्यको अगाडि रहेको गोर्खालीहरुको शक्तिको प्रतीक खुकुरीले नेपाली मौलिकता र सम्पदालाई दर्शाउने उनले बताए । यस्तै, स्वदेशी नेपाली मास्टर ब्लेन्डरको हस्ताक्षरयुक्त यो प्याकेजिङले स्वदेशी तथा विदेशी उपभोक्ताहरुलाई नेपाली मौलिकता तथा गुणस्तर दिने भएको छ ।

खुकुरी रमको नयाँ प्याकका विशेषताका कारण ग्राहकहरु उत्साहित देखिएका बिक्रेताहरुले बताएका छन् । उनीहरुले खुकुरी रमले नयाँ प्याकमा पृथक प्रयोग गरेर आफ्ना ग्राहकहरुका लागि यसलाई अझ विशेष बनाउने काम गरेको बताउँछन् ।
उनका अनुसार नयाँ प्याकमा समेत खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखिएको छ । यसको गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रुपमा ध्यान दिइएको उल्लेख गरे ।

















इरानमा आक्रमणकाे विराेध गर्दै चिनिया विदेशमन्त्रीकाे इजरायलका विदेशमन्त्रीलाई फाेन
निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
आजको मौसम कस्ताे छ ?
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
खामेनीको मृत्युले विश्व तरंगित
प्रतिक्रिया