हुम्लामा हिमपात भएपछि हवाई सेवा बन्द
मेरोन्यूज
२०७८ मंसिर १६ गते २०:४४

हुम्ला । सदरमुकाम सिमकोटमा आज बिहानदेखि नै लगातार पानी तथा हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । हिमपातका कारण यस वर्ष मङ्सिर महिनामै चिसो बढेको छ । हिमपातका कारण सदरमुकामका स्थानीय बासिन्दासमेत प्रभावित भएका छन् ।
त्यस्तै सिमकोटभन्दा माथिको उत्तरी भेगको विकास निर्माणसमेत हिमपातका कारण अत्यधिक चिसोले प्रभावित भएको हिल्सा–सिमकोट सडक योजनाका योजना प्रमुख विसुनदास लामाले बताए ।
नेपालगञ्जबाट सिमकोट सदरमुकाम विमानस्थलमा आउने उडान पानी तथा हिमपातले गर्दा बन्द भएका छन् । हिमपातका कारण लिमीको तीनवटा गाउँ जाङ, हल्जी र तिलगाउँका जनतालाई सिमकोट सदरमुकाम तथा अन्य ठाउँमा आवतजावत गर्न कठिन भएको छ । त्यस ठाउँका बासिन्दालाई सानातिना काम गर्न पनि धेरै मुस्किल भएको गाउँपालिका अध्यक्ष पाल्जोर लामाले फोनबाट जानकारी गराए ।
सम्बन्धित
















‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा
इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रतिक्रिया