गठबन्धनले गर्दा अदालतमा समस्या देखियो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा पाँच दलिय गठबन्धनले गर्दा समस्या देखिएको बताएका छन् । शुक्रबार दोस्रोपटक एमाले अध्यक्षको पद बहाली गर्दै ओलीले गठबन्धनले गर्दा अदालतमा समस्या देखिएको बताएका हुन् ।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गरेर गठबन्धले कानुन व्यवसायीको गुण तिर्न लागेको बताए । यसअघि प्रचण्डले ओली सरकार ढालेर कांग्रेस सभापति शेर बहादुर देउवा सरकार बनाएका कानुन व्यवसायीको गुण तिर्ने समय आएको बताएका थिए । त्यसलाई लक्षित गरेर ओलीले एक पटक गलत फैसला गराएर पुनः गलत गरिरहेको बताए ।
उनले भने, ‘अहिले गठबन्धनको सरकार छ । अदालतमा देखिएकको समस्या पाँच दलिय गठबन्धनले गर्दा हो । उहाँ अहिले गुण तिर्दै हुनुहुन्छ । एक पटक गलत फैसला गराएर पुनः गलत गराउँदै हुनुहुन्छ ।’
यस्तै अध्यक्ष ओलीले वर्तमान सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाएका छन् । उनले जनताको समस्या समाधान गर्न लाग्नु पर्ने सरकार विपरित बाटोमा लागेको बताए । अध्यक्ष ओालीले पाँच दलिय गठबन्धन ताजा जनादेशमा जान डराएको बताए । ताजा जनादेशमा जान डराएको भन्दै उनले गठबन्धन सत्ता प्राप्तिका लागि अन्य बाटो तिर गएको बताए ।
यस्तै अध्यक्ष ओलीले एमालेको जिल्ला र प्रदेशको अधिवेशन पनि छिटो नै गर्ने बताए । उनले एमाले महाकिधवेशनले पार्टीको कार्यादिशा, उद्देश्य, कार्यशैली जनतालाई बुझाएको बताए ।
यस्तै अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकाटो गठबन्धनको कार्यकर्ता भएको आरोप लगाए । उनले आफूले कारबाही गर्न सफारिस गरेका सांसदलाई कारबाही नगरेर सभामुखले गल्ती गरेको बताए । ओलीले २८ गतेको लागि बोलाइएको संसद बैठकलाई चल्न नदिने पनि संकेत गरेका छन् ।


















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया