‘ए’ डिभिजन लिगः फ्रेण्डससँग बराबरीमा रोकियो थ्री स्टार

काठमाडौं । ‘ए’ डिभिजन लिग फुटवलको उपाधि दावेदार मानिएको थ्री स्टार क्लब फ्रेण्डस् क्लवसँग बराबरीमा रोकिएको छ ।
शुक्रबार दशरथ रंगशालामा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा ललितपुरको थ्री स्टार क्लव ललितपुरकै क्लव फ्रेन्ड्ससँग १–१ गोलको बराबरीमा रोकिएका हो ।
ए डिभिजन लिगको तेस्रो चरणको पहिलो खेलमा थ्रीस्टारलाई फ्रेण्ड्सले बराबरीमा रोकेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ मिनेटमा फ्रेण्ड्सले अग्रता लिएको थियो । फ्रेण्ड्सका लागि जुडे गार्सियाले ७२ औं मिनेटमा गोल गरेका थिए । थ्रीस्टारका लागि मिक्छेन तामाङले ‘डी’बक्सबाट गोल गरेका थिए ।
उपाधि दाबेदार मानिएको थ्रीस्टार फ्रेण्डससँग बराबरीमा रोकिएपछि तीन खेलबाट चार अंक जोडेको छ ।
पहिलो खेलमा च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले हराएको थ्रीस्टार अघिल्लो खेलमा सातदोबाटो युथ क्लबसँग १–० गोलले पराजित भएको थियो भने लिगमा फ्रेण्ड्सले कुनै जीत निकाल्न सकेको छैन ।

















चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
प्रतिक्रिया