देशभर थप २३८ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु
काठमाडौं उपत्यकामा १५८ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा भएको परीक्षणका क्रममा थप २ सय ३८ जनामा कोभिड संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६ हजार ७९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २२० र एन्टिजेन विधिबाट १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या ८ लाख २२ हजार ३ सय ९२ जना पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या ८ लाख ४१ सय ८ जना रहेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ४४ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।
यस्तै, कोरोना संक्रमण पुष्टी भएका थप पाँच जनाको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४० जना पुगेको छ ।
सोही अवधिमा ३ सय ९२ जना कोरोना संक्रमणमुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा १५८ जना कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा शनिवार १५८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९७, ललितपुरमा ५१ र भक्तपुरमा १० संक्रमित थपिएका हुन् ।
हाल काठमाडौं उपत्यकामा १ हजार ७ सय २६ सक्रिय संक्रमित छन् ।
















जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
NA Chair Dahal calls on President Paudel
डोङफेङ मोटरद्वारा पहिलो इएमबी सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्न
रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती
यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया