नोबेल पुरस्कार विजेता सुकीलाई चार वर्षको जेल सजाय
मेरोन्यूज
२०७८ मंसिर २० गते १२:३४

काठमाडौँ । म्यानमारको जुन्ता अदालतले नोबेल पुरस्कार विजेता म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकीलाई जेल सजाय सुनाएको छ । म्यानमारको अदालतले अपदस्थ नेता सुकीलाई चार वर्षको जेल सजाय सुनाएको हो ।
यो उनलाई आजीवन कारावासको सजाय हुनसक्ने शृङ्खलाको पहिलो फैसला हो । सुकीले कुल ११ वटा आरोपको सामना गर्नु परेको छ । यसलाई उनले अस्वीकार गरेकी छिन् । उनी फेब्रुअरीदेखि नै घरमै नजरबन्दमा छिन् । सेनाले उनको निर्वाचित सरकारलाई गिराएर नेताहरूलाई हिरासतमा राखेको थियो ।
सुकीलाई कहिले जेलमा राखिने हो भन्ने स्पष्ट छैन । पूर्व राष्ट्रपति र सुकीको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीका सहयोगी विन मिन्टलाई पनि सोही आरोपमा सोमबार चार वर्षको जेल सजाय सुनाइएको थियो । बीबीसी
सम्बन्धित










गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
थापाथलीकाे ऐतिहासिक चार अखडामा गाई पाल्न समस्या
बागमती प्रदेशसभाको बैठक बोलाउने तयारीमा सरकार : काे बन्ला सभामुख ?
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि कडा मापदण्ड
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया