रुसी सहयोगमा भारतले अत्याधुनिक हतियार उद्योग खोल्ने
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा सम्झौता

नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित अमेठीमा रुसको सहयोगमा भारतले हतियार उद्योगको स्थापना गर्ने भएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा भारत र रूसबीच भएको रक्षा सम्झौतामा भारतको उत्तर प्रदेशमा हतियार उद्योग स्थापना गर्ने उल्लेख छ ।
पाँच हजार १०० करोड भारतीय रुपैयाँको उक्त सुरक्षा सम्झौताअन्तर्गत ६ लाख अत्याधुनिक हतियार एके–२०३ राइफल उत्पादन गरिने सम्झौतामा छ । नयाँ राइफल अहिले भारतीय सेनाले प्रयोग गर्ने इन्सास राइफलको तुलनामा धेरै हलुंगो र सानो हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
रूसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको वार्तापछि ९९ बुँदाको संयुक्त वक्तव्य जारी गरिएको थियो । जसमा अन्तरिक्ष, विज्ञान, औद्योगिक, आतंकलगायतका मुद्दा समावेश छन् । ६ घण्टाका लागि मात्रै भारत आएका पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच हैदराबाद हाउसमा वार्ता भएको थियो ।
















सवारी चालक अनुमतिपत्र छपाइ तीव्रगतिमा जारी
नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु
लेबनानमा भएको इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
‘टेलिकम प्याकेज’ सकिएपछि पनि सेवा निरन्तरतासम्बन्धी सुविधा ग्राहक आफैँले छनोट गर्नसक्ने
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया