शनिबार, फागुन २३, २०८२

नेविसंघका महामन्त्री भट्टराईले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

मेरोन्यूज २०७८ मंसिर २१ गते १५:०४

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तनहुँ क्षेत्र नं. १ बाट सर्वाधिक मत सहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका महामन्त्री भट्टराईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
लामो समयदेखि नविसंघको राजनीतिमा सक्रिय रहँदै आएका भट्टराई स्वतन्त्र विद्यार्थी युनियन त्रिविका पूर्व सभापति, नेविसंघको केन्द्रीय सदस्य हुँदै महामन्त्री भइसकेका छन् । त्रिविबाट विद्यार्थी राजनीति थालेका भट्टराई पार्टी राजनीतिमा ‘सवल कांग्रेस र समृद्ध नेपालका लागि राजनीति’ भन्ने नारा सहित केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

त्रिविबाटै समाजशास्त्र विषयमा प्रथम श्रेणीमा उतिर्ण भएका भट्टराई द्धन्द शान्ती र विकासमा विद्यावारिधि गरिरहेका छन् । १४ औं महाधिवेशन नजिकिरहँदा नेविसंघका दर्जनौं युवा नेताहरुले पार्टी राजनीतिमा आकांक्षा देखाएका छन् ।

प्रतिक्रिया