कृषि विश्वविद्यालयको उपकुलपतिमा डा महतो नियुक्त
मेरोन्यूज
२०७८ मंसिर २१ गते २२:०१

प्रदेश २ सरकारले कृषि विश्वविद्यालयको उपकुलपतिमा डा वैद्यनाथ महतोलाई नियुक्त गरेको छ ।
सहकुलपति तथा सामाजिक विकासमन्त्री नवलकिशोर साहको सिफारिसमा कुलपतिसमेत रहेका मुख्यमन्त्री लालबाबु राउतले कृषि विश्वविद्यालयको उपकुलपतिमा डा महतोलाई नियुक्त गरेका हुन् ।
कृषि विश्वविद्यालय स्थापना तथा सञ्चालनको सुरुआतको सिलसिलामा प्रदेश २ का नीति तथा योजना आयोगका पूर्वसदस्यसमेत रहेका सिरहाको मिर्चैया नगरपालिका–२ निवासी डा महतोलाई उपकुलपतिमा नियुक्त गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
प्रतिक्रिया