सभापतिको उम्मेदवार चयन गर्ने पौडेल पक्षको बैठकमा शेखर नजाने

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै दुवै पक्षले सभापतिको उम्मेदवार चयन गर्न बैठक बोलाएको छ । यस क्रममा आज बुधबार संस्थापन पक्षको बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ ।
यस्तै, आज बुधबार संस्थापनइतर पक्षको बैठक अनुपम फुडल्याण्डमा बस्ने भएको छ । सभापतिको साझा उम्मेदवार तय गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्ने भएको हो । मंगलबार दिनभर सभापतिका आकांक्षीसहित केन्द्रीय सदस्यहरूको बैठकले सभापति चयन गर्न नसकेपछि आज पुनः बैठक बस्ने भएको हो ।
बैठकमा सभापतिको साझा उम्मेदवार छान्ने भएको हो । तर, यस बैठकमा नेता शेखर कोइराला नजाने भएका छन् । उनी निकट एक नेताले भने, ‘दाइले सभापतिमा उम्मेदवारी दिने तयारी गर्नु भएको छ ।’
बैठकमा पौडेल पक्षनिकट जिल्ला सभापति, पूर्वजिल्ला सभापति, सात वटै प्रदेशका अध्यक्षका उम्मेदवार र क्षेत्रीय सभापतिहरुसँग सभापतिका उम्मेदवारबारे सुझाव लिने कार्यक्रम तय भएको छ ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया