हत्या गरेको अभियोगमा चार पक्राउ
काठमाडौँ । नुवाकोटको पञ्चकन्या गाउँपालिका ३ राहुटारका सुमन थापाका हत्यामा संलग्न रहेको अभियोगमा गए राति चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ पर्नेलाई सार्वजानिक भने गरेको छैन ।
पक्राउ गरेसँगै थापाको शवपरीक्षण (पोस्टमार्टम)का लागि त्रिशूली अस्पतलामा ल्याइएको छ । बा २ ख ६५८७ नंको बसमा सहचालकका रूपमा कार्यरत २० वर्षीय थापाको सोमबार राति नुवाकोटको शिवपुरी गाउँपालिका १ तलाखुमा शव भेट्टिएको थियो । हत्यामा संलग्न व्यक्तिको पक्राउ माग गर्दै पीडित परिवारले मंगलबार दिनभर उक्त क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए ।
पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उनका अनुसार उनी कार्यरत बसमा रगत लत्पतिएको छ भने त्यसभन्दा करिब ४०० मिटर टाढाको दूरीमा शव पाइएको थियो ।
उक्त बसका चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेर कारबाहीका लागि अनुसन्धान सुरु गरेसँगै पीडित परिवारले विरोधका कार्यक्रम स्थगन गरेका छन् ।











जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस
तनहुँमा स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु
Magnitude 6.7 earthquake strikes off the coast of Mindanao Island in southern Philippines
नेकपाले पनि टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार (नामावलीसहित)
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
प्रतिक्रिया