आयात प्रतिस्थापन गर्न स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आयातलाई प्रतिस्थापन गर्न स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्ने बताएका छन् ।
बुधबार नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आयातमा प्रतिबन्ध नभई स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्ने बताए ।
‘स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने नीति आवश्यक छ’, मन्त्री शर्माले भने, ‘आयातलाई प्रतिबन्ध लगाउनुपर्छ म भन्दिनँ । आजको जमानामा यो सम्भव छैन ।’
उनले विभिन्न अन्तर्राष्ट्रिय कानुन तथा सन्धिहरूकै कारण पनि प्रतिबन्ध लगाउन सम्भव नहुने बताए । यद्यपि स्वदेशी उत्पादनलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाएर लैजान सकिने उनको भनाई छ ।
‘प्रतिबन्ध सम्भव छैन’, अर्थमन्त्री शर्माले भने, ‘तर एउटा कुरा सम्भव छ, स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिन्छ, सक्नुपर्छ ।’ यसमा सरकार र व्यवसायी सबैको ध्यान जानुपर्नेमा उनले जोड दिए ।
मन्त्री शर्माले सबै कुरामा प्रतिस्पर्धा गर्न नसके पनि केही विशेष वस्तुहरू छनोट गरेर प्रतिस्पर्धी बनाउनुपर्ने बताए । उनले खाद्यान्न, उद्योग साथै अन्य विभिन्न क्षेत्र छनोट गरी तिनका विशेष उत्पादनमा आत्मनिर्भर तथा प्रतिस्पर्धी बनाउनुपर्ने बताए ।
मन्त्री शर्माले अटोमोबाइल्स क्षेत्रले राजस्वमा पु¥याइरहेको योगदान औद्योगिक क्षेत्रमा रूपान्तरण गरी थप योगदान गर्न समेत व्यवसायीहरूलाई आग्रह गरेका छन् ।
उनले नेपालमै गाडी उत्पादन गर्ने उद्योग स्थापना गरी भन्सारमा आधारित राजस्व योगदानलाई परिवर्तन गर्न आग्रह गरे ।
२५ प्रतिशत राजस्वको योगदानलाई घटाएर अरू फरक किसिमले ५० प्रतिशत योगदान पु¥याउन पनि मन्त्री शर्माले ब्यवसायीहरुलाई उनले आग्रह गरे ।
उत्पादनका लागि विद्युतमा उपलब्ध गराउनुपर्ने सहुलियत, जग्गा व्यवस्थापन, श्रम गर्दा निरन्तर उद्योग चलाउने वातावरणको ग्यारेन्टी लगायतका सरकारले उपलब्ध गराउनुपर्ने सेवाहरूको व्यवस्था गर्ने समेत उनले प्रतिवद्धता जनाए ।
अटो मोबाइल्समा गाडी उत्पादन मात्र नभएर धेरै किसिमका उद्योगहरूको सम्भावना रहेको मन्त्री शर्माको भनाई छ ।
यसैगरी मन्त्री शर्माले पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेशनका रूपमा बदल्नुपर्ने पनि उल्लेख गरे । मुलुकमै उत्पादित बिजुली खपत तथा वातावरण प्रदूषणलाई समेत न्यूनिकरण गर्न पनि इलेक्ट्रिक सवारी साधनको उपयोग वृद्धि गर्नुपर्ने उनले बताए ।


















निर्वाचन शान्तिपूर्ण बनाउन नेपाल–भारत सीमानाकामा सुरक्षा कडाइ
निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह
पूर्वी लेबनानको बालबेकमा इजरायलको आक्रमण, चार जनाको मृत्यु
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
पाकिस्तानकाे अमेरिकी वाणिज्य दूतावासमा आक्रमण : ८ जनाको मृत्यु, थुप्रै घाइते
प्रतिक्रिया