सिटिजन्स बैंकद्वारा करिब आठ लाख नगद हस्तान्तरण

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लि.को लघुवित्त परियोजनाअन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएसँगै उनका श्रीमान् जब्बर अली तेलीलाई नगद हस्तान्तरण गरेको छ । बैंकले उनलाई तीन लाख ६५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
यस्तै, अर्का ग्राहक फूलमती कोरीको मृत्यु भएसँगै उनका छोरा रामचन्द्र कोरीलाई चार लाख ५४ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्तान्तरण गरेका हुन् ।
एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको उक्त रकम लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन बिमावापत मृतकको परिवारलाई दिने गरेको छ । बैंकले दुई वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाईमार्फत करिब १४ हजार विपन्न महिलालाई लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बैंकले देशभर फैलिएका एक सय ७४ शाखा, एक सय २३ वटा ए.टि.एम. र एक सय १४ वटा शाखारहित बैंकिङ्ग इकाईबाट करिब १२ लाख ५० हजार ग्राहकवर्गलाई सेवा दिँदै आएको छ ।

















इरानमा आक्रमणकाे विराेध गर्दै चिनिया विदेशमन्त्रीकाे इजरायलका विदेशमन्त्रीलाई फाेन
निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
आजको मौसम कस्ताे छ ?
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
खामेनीको मृत्युले विश्व तरंगित
प्रतिक्रिया