सिटिजन्स बैंकद्वारा करिब आठ लाख नगद हस्तान्तरण

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लि.को लघुवित्त परियोजनाअन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएसँगै उनका श्रीमान् जब्बर अली तेलीलाई नगद हस्तान्तरण गरेको छ । बैंकले उनलाई तीन लाख ६५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
यस्तै, अर्का ग्राहक फूलमती कोरीको मृत्यु भएसँगै उनका छोरा रामचन्द्र कोरीलाई चार लाख ५४ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्तान्तरण गरेका हुन् ।
एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको उक्त रकम लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन बिमावापत मृतकको परिवारलाई दिने गरेको छ । बैंकले दुई वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाईमार्फत करिब १४ हजार विपन्न महिलालाई लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बैंकले देशभर फैलिएका एक सय ७४ शाखा, एक सय २३ वटा ए.टि.एम. र एक सय १४ वटा शाखारहित बैंकिङ्ग इकाईबाट करिब १२ लाख ५० हजार ग्राहकवर्गलाई सेवा दिँदै आएको छ ।










अफगानिस्तानमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४२ घाइते
सुहाङलाई प्रधानमन्त्रीले भनिन्- तपाईँजस्ता युवाले देशको बागडोर सम्हाल्नुपर्छ
मधेस प्रदेशको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित
कानुनलाई सरल बनाउन अध्ययन जारी छ: मन्त्री सिन्हा
नबिल बैंक युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालको बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
प्रतिक्रिया