पर्यटन प्रबर्द्धनका लागि सुदूरपश्चिममा साइकल यात्रा हुँदै
भारतीय राइडरको पनि सहभागिता हुने

कैलाली । पर्यटन प्रबर्द्धनका लागि सुदूरपश्चिममा पर्यटन साइकल यात्रा गरिने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईको आयोजनामा आगामी पुस ३ गतेदेखि ५ गतेसम्म सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ हुन लागेको हो ।
मन्त्रालयले शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै साइकल यात्रा आयोजनाबारे जानकारी दिएको हो । ७० जना भन्दा बढी राइडरहरु बाहिरबाट आउने र ३० जना बढी सुदूरपश्चिमकै राइडर गरेर एक सय भन्दा बढी राइडरले साइकल यात्रामा सहभागिता जनाउने पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख भोजराज पाठकले बताए । उनले भारतको उत्तर प्रदेश उत्तराखण्ड र पटनाबाट साइकल यात्रीहरू धनगढी आउने जानकारी दिए ।
नेपालको काठमाडौँ, पोखरा, नेपालगन्ज दाङलगायतबाट राइडरहरु सहभागी हुने अपेक्षा गरिएको उनले बताए । उनका अनुसार साइकल यात्रालाई दुई भागमा विभाजन गरिएको छ । जस अनुसार पहिलो दिन धनगढीदेखि अत्तरियासम्म साइकल यात्रा गरिनेछ । जसमा जोसुकैले पनि सहभागिता जनाउन सक्नेछन् । दोस्रो चरणमा धनगढीदेखि जोरायलको बुडरसम्मको यात्रा हुनेछ । तीन दिनसम्म हुने यात्रामा देश भित्र र बाहिरबाट आएका साइकल यात्रीहरुले सहभागिता जनाउने छन् । साइकल यात्राले यहाँको पर्यटन प्रबद्र्धनमा ठूलो टेवा पुर्याउने पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई प्रमुख पाठकले बताए । उनले साइकल यात्रा तराई, चुरे पहाड र उच्चो पहाडसम्म हुने भएकाले यसले यहाँको प्रकृतिको पनि अवलोकन गर्न सकिने बताए ।
‘साइकल यात्रामा देशभित्र र बाहिरका थुप्रै साइकल यात्रीहरु आइरहेका छन्,’ उनले भने, ‘साइकल यात्रामा सहभागी हुने हरेकले सुदूरपश्चिम प्रदेशको भौगोलिक छटाको प नि अवलोकन गर्न पाउनेछन् । यसले यहाँको पर्यटन विकासमा भूमिका खेल्छ ।’ उनले यहाँ सहभागिता जनाउन आउने यात्रीहरु बडिमालिक, खप्तडलगायतका पर्यटकीय क्षेत्रमा जान इच्छिुक रहेको बताए ।
नेपालमा पहिलो पटक नेपाल र भारतबाट ठूलो संख्यमा साइकल यात्री ल्याएर कार्यक्रम आयोजना गर्न लागिएको फारवेस्टर्न राइडरका अध्यक्ष भरतविक्रम शाहले जानकारी दिए । साइकल यात्रामा करिब चार लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया