माओवादी केन्द्रको प्रदेश अधिवेशन सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशन सुरु भएको छ । पार्टीले १० वटा प्रदेश बनाएर एकैपटक अधिवेशन सुरु गरेको हो ।
माओवादीले सात भौगोलिक, एक प्रदेश, एक प्रभाससहित १० वटा प्रदेश बनाएर भर्चुअलमाध्याबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन् ।
प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन सुरु भएको छ । अधिवेशनले सबै प्रदेशमा नौ पदाधिकारीसहितको नयाँ प्रदेश कमिटी गठन गर्ने भएको हो । प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय चयन हुने व्यवस्था रहेको छ ।
प्रदेशमा नं १ मा २५९, २ नं प्रदेशमा २७१, वागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति बन्ने छन् । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुने छन् ।
















होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया