‘ए’ डिभिजन लिगः मछिन्द्र शीर्ष स्थानमा उक्लियो

काठमाडौं । मछिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लवलाई ३–० ले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।
जारी लिगमा मछिन्द्रले चार खेलमा तीन खेल जितेको छ भने एकमा बराबरी खेलेको छ । शनिवार भएको जीतसँगै मछिन्द्र १० अंकका साथ शीर्ष स्थानमा छ ।
समान खेलमा समान अंक जोडेको मनाङ मस्र्याङ्दी गोल अन्तरले शीर्ष दोस्रोमा पुगेको छ ।
शनिवारको खेलमा मछिन्द्रका लागि २९ औं मिनेटमा सुनील बलले गोल गरेपछि पहिलो हाफमा मछिन्द्रले १ सून्यको अग्रता लिएको थियो ।
दोस्रो हाफमा ६७ औं मिनेटमा विदेशी खेलाडी नुर्लान नोभ्रजोभले गोल गरी २–० को अग्रता दिलाए भने ९० मिनेटपछि थपिएको इन्ज्यूरी समयमा विमल घर्तीमगरले गोल गरेपछि मछिन्द्र ३– ० ले विजयी भयो ।
यसअघि दुई खेलमा बराबरी खेलेको हिमालयन शेर्पाले दुई खेलमा पराजय ब्यहोरेको छ ।









दल दर्ताको समय चार दिन थपियो
इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रतिक्रिया