जो पदाधिकारीको चर्चामा थिए, तर उम्मेदवारीसमेत दिएनन्

काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशन जारी छ । शनिवार उम्मेदवारी दर्तामा तीन नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र सितादेवी यादव कुनै पनि पदमा प्रतिष्पर्धामा देखिएनन् । यी तीनामध्ये पौडेल र सिटौला १३औं महाधिवेशनमा केन्द्रीय सभापतिमा प्रतिष्पर्धामा थिए । १३औं महाधिवेशनमा पहिलो चरणको मतदानमा सभापतिको प्रतिष्पर्धामा उत्रिएका कसैले पनि ५१ प्रतिशत नल्याएपछि दोस्रो चरणको मतदान भएको थियो ।
पहिलो चरणमा शेरबहादुर देउवा (देउवा समुह),दोस्रोमा पौडेल र तेस्रोमा सिटौला भएका थिए । पहिलो र दोस्रोको मतदानमा सिटौलाले देउवालाई सघाएका थिए । पौडेल १३ औं महाधिवेशनमा सभापतिमा पराजित भए भने देउवा सभापति बनेका थिए । १४ औं महाधिवेशनमा पनि सभापतिमा आउँने चाहना पौडेलको थियो ।
गत भदौं १७ गते पौडेल समुहले सानेपामा पत्रकार सम्मेलन गरे आफूहरु छिटै साझा उम्मेदवार छान्ने बताएका थिए । ‘अर्को पटक पत्रकारसम्मेलन हामी साझा उम्मेदवार छानेर गछौं,’सोही पत्रकार सम्मेलनमा पौडेलले भनेका थिए ।
पौडेलले साझा उम्मेदवार छान्न लामै कसरत गरे । उनले आफूलाई एक पटक चुनाबसम्म सभापति दिन र त्यसपछि सभापति छोड्ने आफ्नो समुहमा आग्रह गरे । तर उनको समुहका दुई नेता प्रकाशमान सिंह र शेखर कोइरालाले आफै सभापति बन्ने अडानमा बसे । पौडेललाई छोड्न तयार देखिएनन् । पटक पटक सोही समुहका युवा नेताहरुले एक जना मात्र सभापति बन्नु पर्नेमा जोड दिए । सभातिका आकाक्षी शशांक कोईरालाले पौडेललाई सभापतिका लागि छाडे । तर दुई नेता शेखर र प्रकाशमानले कुनै हालमा सभापति नछोड्ने अडान लिएपछि पौडेलले सभापति बन्ने चाहनाबाट बाहिरिए । पौडेलले शेखर र प्रकाशमानमा एक जना उठ्न आग्रह गरे ।
गत बुधबार शंशाक कोइराला निवासमा बसेको बैठकले शेखरले समेत प्रकाशमान सिंह माने आफु पौडेललाई सभापति बनाउँन तयार रहेको बताएका थिए । बिहिबार साझा उम्मेदवार छान्न पटक– पटक चाक्सिबारी, बोहराटारदेखि अनुपम फुटल्याण्डमा बैठक बस्यो तर बिनानिष्कर्षमा टुङगियो ।
शुक्रबार रातिको बैठकमा प्रकाशमान सभापतिको अडान नछाड्ने आफूलाई सहयोग गर्न भन्दै बाहिरी । शनिवार बिहान शेखर र प्रकाशमान दुबैको छुटाछुटै टिम बन्यो ।
शनिबार प्रकाशमान र शेखर दुबैले टिमसहित उम्मेदवारी दर्ता गराए । पौडेल शनिवार बिहान बसेको अन्तिम बैठकमा आफू कुनै पनि पदमा प्रतिष्पर्धा नगर्ने बोहोराटार बैठकमा भनेका थिए ।
पुन दिउँसो विज्ञप्ति सार्वजनिक गरेर राजनीतिबाट अलग भएको बताए । उनले भनेका छन्, ‘१४औं महाधिवेशनसम्म आइपुग्दा मैले अनेक प्रपञ्च भनेको छु ।’ यसबाट के प्रष्ट हुन्छ भने पौडेल बाह्यभन्दा पनि दलभित्रको राजनीतिबाट आजित र निरास देखिन्छन् । पौडेललाई पार्टी सभापति शेरबहादुर देउवाले शनिवार राति भेटेर राजनितिबाट नबाहिर आग्रह गरे ।
त्यसैगरी,१३ औं महाधिवेशनमा सभापतिमा उठेका कृष्ण प्रसाद सिटौला १४ औं महाधिवेशनमा कुनै पनि पदमा प्रतिष्पर्धा गरेनन् । उनीे १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी थिए । तर पछि देउवाको उपसभापतिमा रहेर पार्टीलाई अघि बढाउने योजनामा सुरु गरे । त्यस विषयमा संस्थापनबाट उपसभापति उठ्ने कि भनेर आफ्नो समुहमा लामै छलफल पनि गरे । उनलाई आफ्नो समु्हले संस्थापन नजान र आफै सभापति दिन सुझाब दियो ।
तर सिटौलाले समुह व्यवस्थापनको जिम्मा केन्द्रिय सदस्य प्रदिप पौडेललाई दिएको बताए । संस्थापन टिमसँग ‘बार्गेनिङ’ सुरु गरे । उनको ‘बार्गेनिङ’ बाट संस्थापनको महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्यहरु प्यानलमा पार्न सफल भए । तर उनी कुनै पनि पदमा उम्मेदवारी दिएनन् । उनले महामन्त्रीमा प्रदिप पौडेललाई अघि सार्दै देउवाको प्रस्तावक बस्ने भए । उनी १५औं महाधिवेशनसम्म सक्रिय राजनीतिमा होलान् कि नहोलान् ? त्यो हेर्न बाकी नै छ ।
यसैगरी, १३ औं महाधिवेशनमा सितादेबी यादवले चित्रलेखा यादवलाई कोषाध्यक्षमा पराजित गरिनन् । तर उनले आफु कुनै पदमा उम्मेदवारी नदिने भन्दै १४ औं महाधिवेशनबाट किनारा लागिन् ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया