नेपालमा थप २५४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर २६ गते १६:५१

काठमाडौँ । नेपालमा थप २ सय ५४ जनामा कोरोना (कोभिड–१९) भाइरस संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ५४ जनामा संक्रमण पुष्टी भएको हो ।
यस्तै, आइतबार कोरोना संक्रमण पुष्टी भएका थप एक जनाको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५४ जना पुगेको छ ।
देशभर अहिले ५ हजार ८ सय ९० जना कोरोनाका संक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा देशभरबाट २ सय ३४ जना कोरोनामुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार आज आज काठमाडौं जिल्लामा ११९ जना, ललितपुर जिल्लामा ३० जना र भक्तपुर जिल्लामा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
सम्बन्धित
















वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया