यस्तो भयो एमाले पदाधिकारीको बरीयताक्रम
पहिलो नम्बरमा युवराज ज्ञवाली, रामबहादुर थापा (बादल) उपाध्यक्षको तेस्रो बरियतामा

काठमाडौँ । नेकपा (एमाले)ले पार्टी स्थायी कमिटि , पोलिटब्यूरो गठन देखि मनोनित केन्द्रीय सदस्यसम्मको टुग्गो लगाएसँगै असाध्यै चासोका साथ हेरिएको पदाधिकारीहरुको वरीयता क्रम पनि निर्धारण गरेको छ ।
उपाध्यक्षहरु कुन नेताको वरीयताक्रम कसरी निर्धारण होला भन्ने चासोका साथ हेरिएको थियो । त्यसलाई आइतबार वसेको एमालेको केन्द्रीय कमिटिको दोस्रो पूर्ण वैठकले टुग्गो लगाएको हो । जसअनुसार ६ उपाध्यक्षमध्ये पहिलो नम्बरमा युवराज ज्ञवालीलाई राखिएको छ । त्यसपछि अष्टलक्ष्मी शाक्य र त्यसपछिको मर्यादाक्रममा रामवहादुर थापा बादललाई राखिएको छ । बादलपछि क्रमशः उपाध्यक्षहरु विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र अन्तिममा सुरेन्द्र पाण्डेलाई राखिएको छ ।
उपमहासचिवहरुमा पहिलो नम्वरमा प्रदीप ज्ञवालीलाई पहिलो नम्वरमा राखेर अन्य नेताहरुको मर्यादाक्रम तोकिएको छ । सचिवहरुमा भने टोपबहादुर रायमाझीलाई पहिलो नम्बरमा राखिएको छ ।
यस्तो छ पदाधिकारीको वरीयताक्रम
अध्यक्ष
केपी शर्मा ओली
वरिष्ठ उपाध्यक्ष
ईश्वर पोखरेल
उपाध्यक्षहरु
युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
रामबहादुर थापा
विष्णु पौडेल
सुवासचन्द्र नेम्वाङ
सुरेन्द्र पाण्डे
महासचिव
शंकर पोखरेल
उपमहासचिव
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ
विष्णु रिमाल
सचिव
टोपबहादुर रायमाझी
लेखराज भट्ट
रघुवीर महासेठ
छविलाल विश्वकर्मा
गोकर्ण विष्ट
योगेश भट्टराई
पद्मा अर्याल










एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छ : कार्यवाहक प्रमुख आयुक्त
जेनजी घटनापछि सबैकाे आलोचना हामीले खेपिरहेका छाैं : प्रधानमन्त्री
सबै दल एकजुट भएर अघि बढे निर्वाचन राेकिँदैन : प्रधानमन्त्री कार्की
अपहरणमा परे १८ कोलम्बियाली सैनिक
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
प्रतिक्रिया