‘ए’ डिभिजन लिगः थ्री स्टारलाई बराबरीमा रोक्दै एपीएफले खाता खोल्यो

काठमाडौं । उपाधि दाबेदार थ्री स्टार क्लबलाई गोलरहित बराबरीमा रोक्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा खाता खोलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा एपीएफले बलियो थ्री स्टार क्लवलाई बराबरीमा रोक्दै जारी लिगमा एक अंक जोड्न सफल भएको हो ।
यसअघिका खेलमा नतिजा सुम्पिएको एपिएफले आइतबार सुधारिएको खेल देखाउन सफल भएको हो । खेल अवधिभर थ्री स्टारविरुद्ध एपीएफले तीन अंक जोड्ने लक्ष्यका साथ खेलेको थियो । तर, पटक पटकको आक्रमणलाई थ्री स्टारका गोलकिपर प्रिसोले विफल पारेका थिए ।
बराबरी सँगै उपाधि दाबेदार थ्री स्टारलाई उपाधि होडमा धक्का लागेको छ । चार खेल मध्ये २ मा बराबरी, एक हार र एक खेलमा नतिजा निकालेको थ्री स्टारले ५ अंक जोडेको छ ।
तालिकाको पुछारमा रहेको टोली एपीएफसँग आइतबार प्रतिस्पर्धा गर्दा थ्री स्टारले दबाब खेप्नु परेको थियो ।
उता खाता नै खोल्न नसकेकाले दबाबमा परेको एपीएपले सुरुआतबाट नै आक्रामक खेल देखाएको थियो । सोही क्रममा १२ औं मिनेटमा एपिएफका प्रदिप लामाले पेनाल्टी क्षेत्र भन्दा बाहिरबाट प्रहार गरेको कडा बल थ्री स्टारका गोलकिपर प्रिसोले सहजै बचाउँदा एक मिनेटपछि कप्तान नविन लामाको प्रहारलाई प्रिसोले नै विफल पारेका थिए ।
पहिलो हाफको इन्जुरी समयमा कप्तान बिक्रम लामाको फ्रि–किकमा डिफेन्डर अनन्त तामाङ चुके । दोस्रो हाफको अन्त्यतिर एपिएफले अर्को सुन्दर अवसर गुमायो । प्रदिप लामाको क्रसमा सिक्स यार्ड बक्स भित्र रहेका आशिषको हेडर पोस्टको नजिकैबाट बाहिरिन पुगेको थियो ।
८९ औं मिनेटमा पेनाल्टी एरियाको बाहिरबाट एपिएफका आशिषको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले मुस्किलले बचाउँदा थ्री स्टारले भने एपिएफविरुद्ध राम्रो मुभ बनाउन सकेन । केही राम्रा अवसर भए पनि थ्री स्टारका स्ट्राइकर सदुपयोग गर्न चुकेका थिए ।
बराबरीले एपीएफलाई जारी लिगमा पहिलो अंक हात लाग्दा रेलिगेशन क्षेत्रमा एक स्थान सुधार गरेको छ । १ अंक मात्र जोडेको थ्री स्टार पाँचौ स्थानमा छ ।
चौंथो चरणका खेल चलिरहँदा मनाङ मस्र्याङ्दी १० अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा मच्छिन्द्र फुटबल क्लब समान १० अंकका साथ दोस्रो स्थानमा छ । त्रिभुवन आर्मी फुटबल क्लब ८ अंकका साथ तेस्रो स्थानमा छ ।
लिगमा सोमबार दुई खेल हुनेछन् । दिनको पहिलो खेल संकटा क्लब र नेपाल पुलिस क्लब तथा दोस्रो खेल जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबबीच हुनेछ । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।
















संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया