‘ए’ डिभिजन लिगः थ्री स्टारलाई बराबरीमा रोक्दै एपीएफले खाता खोल्यो

काठमाडौं । उपाधि दाबेदार थ्री स्टार क्लबलाई गोलरहित बराबरीमा रोक्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा खाता खोलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा एपीएफले बलियो थ्री स्टार क्लवलाई बराबरीमा रोक्दै जारी लिगमा एक अंक जोड्न सफल भएको हो ।
यसअघिका खेलमा नतिजा सुम्पिएको एपिएफले आइतबार सुधारिएको खेल देखाउन सफल भएको हो । खेल अवधिभर थ्री स्टारविरुद्ध एपीएफले तीन अंक जोड्ने लक्ष्यका साथ खेलेको थियो । तर, पटक पटकको आक्रमणलाई थ्री स्टारका गोलकिपर प्रिसोले विफल पारेका थिए ।
बराबरी सँगै उपाधि दाबेदार थ्री स्टारलाई उपाधि होडमा धक्का लागेको छ । चार खेल मध्ये २ मा बराबरी, एक हार र एक खेलमा नतिजा निकालेको थ्री स्टारले ५ अंक जोडेको छ ।
तालिकाको पुछारमा रहेको टोली एपीएफसँग आइतबार प्रतिस्पर्धा गर्दा थ्री स्टारले दबाब खेप्नु परेको थियो ।
उता खाता नै खोल्न नसकेकाले दबाबमा परेको एपीएपले सुरुआतबाट नै आक्रामक खेल देखाएको थियो । सोही क्रममा १२ औं मिनेटमा एपिएफका प्रदिप लामाले पेनाल्टी क्षेत्र भन्दा बाहिरबाट प्रहार गरेको कडा बल थ्री स्टारका गोलकिपर प्रिसोले सहजै बचाउँदा एक मिनेटपछि कप्तान नविन लामाको प्रहारलाई प्रिसोले नै विफल पारेका थिए ।
पहिलो हाफको इन्जुरी समयमा कप्तान बिक्रम लामाको फ्रि–किकमा डिफेन्डर अनन्त तामाङ चुके । दोस्रो हाफको अन्त्यतिर एपिएफले अर्को सुन्दर अवसर गुमायो । प्रदिप लामाको क्रसमा सिक्स यार्ड बक्स भित्र रहेका आशिषको हेडर पोस्टको नजिकैबाट बाहिरिन पुगेको थियो ।
८९ औं मिनेटमा पेनाल्टी एरियाको बाहिरबाट एपिएफका आशिषको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले मुस्किलले बचाउँदा थ्री स्टारले भने एपिएफविरुद्ध राम्रो मुभ बनाउन सकेन । केही राम्रा अवसर भए पनि थ्री स्टारका स्ट्राइकर सदुपयोग गर्न चुकेका थिए ।
बराबरीले एपीएफलाई जारी लिगमा पहिलो अंक हात लाग्दा रेलिगेशन क्षेत्रमा एक स्थान सुधार गरेको छ । १ अंक मात्र जोडेको थ्री स्टार पाँचौ स्थानमा छ ।
चौंथो चरणका खेल चलिरहँदा मनाङ मस्र्याङ्दी १० अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा मच्छिन्द्र फुटबल क्लब समान १० अंकका साथ दोस्रो स्थानमा छ । त्रिभुवन आर्मी फुटबल क्लब ८ अंकका साथ तेस्रो स्थानमा छ ।
लिगमा सोमबार दुई खेल हुनेछन् । दिनको पहिलो खेल संकटा क्लब र नेपाल पुलिस क्लब तथा दोस्रो खेल जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबबीच हुनेछ । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।









एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
दल दर्ताको समय चार दिन थपियो
इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
छुटे दुर्गा प्रसाईं
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
प्रतिक्रिया