कांग्रेस महाधिवेशन
कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत सोमवार नेतृत्व चयनका लागि मतदान हुँदैछ ।
बिहान ८ बजे सुरु हुने मतदानका लागि तीन वटा मतदान केन्द्र राखिएको छ । नयाँ केन्द्रीय समिति चयनका लागि आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।
राष्ट्रिय सभागृहमा दुई वटा र भृकुटीमण्डपमा एउटा बुथ कायम गरिएको निर्वाचन समितिले जनाएको छ ।
ती मतदान केन्द्रमा करिब एक हजार एक सय बुथ व्यवस्था गरिएको छ । नेकपा एमाले र राप्रपाको महाधिवेशनमा जस्तो विद्युतीय मतदानको प्रयोग भने कांग्रेसले नगर्ने भएको छ । जसले गर्दा मतदानपछिको परिणाम आउन पनि समय लाग्ने देखिएको छ ।
महाधिवेशनमा ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।
प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्राङ्गणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
निर्वाचनमा विभिन्न २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ, सबै मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नु पर्नेछ ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया