शेखरको पत्रकार सम्मेलन
भोट हाल्दा गुट र भागवन्डा विर्सेर विवेक प्रयोग गर्नुस्

१४ औं महाधिवेशनको ऐतिहासिक अवसरमा सवैभन्दा पहिले श्रद्देय जननायक विपि कोइराला, गणेशमान सिंह, सुर्वण शम्शेर राणा, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भटटराई, महेन्द्रनारायण निधि, शुसिल कोइरालालाई श्रद्धासमुन अर्पण गर्न चाहान्छु ।
राजनीति गर्ने ब्यक्तिमा मूल्य र मान्यता भन्नेमा म अत्यन्त विश्वास गर्छु । मूल्य, नैतिकता गुमाएपछि राजनीति सम्भव हुँदैन भन्ने कुरा पनि म यहाँहरुसँग राख्न चाहान्छु । महाधिवेशनका प्रतिनिधीहरु आफै नेता हुन्, नेपाली कांग्रेसभित्र । दोस्रो चरणको मतदान हुन गईरहेको छ, त्यसमा भोट जसरी उहाँहरुले दिनुहुन्छ त्यो वेला आफनो मनको आन्तरआत्माले विवेक प्रयोग गरेर मतदान गर्नुहुनेछ भन्ने विश्वास पनि लिएको छु ।
त्यो एक मतले नेपालको भविश्य हामी परिवर्तन गर्न सक्र्छौं भन्ने विश्वास लिएको छु । त्यसकारण म महाधिवेशन प्रतिनिधीलाई विनम्र आग्रह गर्न चाहान्छु – भोट हाल्दा खेरी गुटको भागवन्डा, सवैलाई विर्सेर आफनो विवेक प्रयोग गर्नुस र आफनो मनको आन्तरआत्माले के भन्छ, त्यो कुरालाई भोटमा प्रतिविम्वित गर्नुस भन्न चाहान्छु ।
म नेपाली कांग्रेसको समग्र जीवनमा परिवर्तन र सुधार गर्ने प्रतिवद्धता सहित हिडिरहेको छु । ब्यवस्थित नेपाली कांग्रेसभित्र अब्यवस्थाको चाङ लागेको छ, त्यसलाई पन्छाएर ब्यवस्थित रुपमा काग्रेसलाई अगाडी बढाउन पक्कै पनि लाग्नुपर्नेछ । हिजै पनि तपाई महाधिवेशन प्रतिनिधी साथीहरुले हेर्नुभयो होला, निर्वाचनको वेलामा भएका घटनाहरु मैले भनिरहनु पर्ने आवश्यकता देख्दिन ।
मैले आजसम्म रुपान्तरण र पूर्नजागरणको कुरा गरेर आएको छु – ४, ५ वर्ष देखि । त्यसलाई तार्किक निश्कर्षमा पुरायाउने मैले सोच बनाएको छु । र हाम्रो टिम जुन छ, त्यसले त्यसमा पक्कै पनि मिलेर हामी काम गछौं भन्ने कुरा तपाईहरुका वीचमा राख्न चाहान्छु । म मेरो देश र पार्टी, जनताको सुरक्षित भविश्यको लागि र आउने पुस्ताको सुखद जीवनको लागि सम्पूर्ण जीवन समर्पण गर्न चाहान्छु । अन्तमा यस निर्वाचनमा साथीहरुले भरोसा गरेर मलाई जुन माया गर्नुभयो, भोट दिनुभयो । त्यसका लागि म कृतज्ञता पनि उहाहरुप्रति ब्यक्त गर्न चाहान्छु ।
र आज हुने दोस्रो चरणको मतदानवाट जुन सकुै परिणाम आएपनि त्यसलाई म सहर्ष स्वीकार गर्छु र नेपाली काग्रेसभित्र वृहतर एकताको प्रयास मेरो निरन्तर रहिरहनेछ भन्ने विश्वास दिलाउन चाहान्छु । कांग्रेसभित्रको चुनाव यो आन्तरिक लोकतन्त्र हो । स्वस्थ्य प्रतिस्पर्धामा हामी विश्वास गछौं । मलाई पक्कै पनि विश्वास छ दोस्रो चरणको निर्वाचनमा मेरो विजय हुन्छ ।
(पत्रकार सम्मेलनमा ब्यक्त सम्वोधनको सम्पादित अंश)











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया