बर्दिया–बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु हुने
मेरोन्यूज
२०७८ मंसिर २९ गते ७:४४

काठमाडौँ । बर्दिया–बाँके राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु हुने भएको छ । गणना फागुन अन्तिमसम्म सकिने योजना रहेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृतले आजदेखि बाघ गणना सुरु हुने जानकारी दिए । अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार एक औपचारिक कार्यक्रम गरी क्यामेरा ट्यापिङ प्रविधिबाट बाघ गणना हुने भएको हो ।
बाघ गणना गर्न बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा चार वटा ब्लक विभाजन गरिएको छ । गणनामा प्रविधिसहित ९८ जना जनशक्ति खटिने भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ नेपाल, जेड एस एल नेपालको संयुक्त पहलमा बाघ गणना थालिएको हो ।
सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या दोब्बर बनाउने सरकारको लक्ष्य छ ।
सम्बन्धित
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया