टर्कीमा मदिरा सेवनबाट १० जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर २९ गते ९:११
काठमाडौँ । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुललगायत पाँच प्रान्तमा बुटलेग रक्सीको विषाक्तताले कम्तीमा १० जनाको मृत्यु भएको छ । राज्य सञ्चालित टीआरटी प्रसारकले मंगलबार उनीहरूको मृत्यु भएको जनाएको हो ।
विगत दुई दिनदेखि मृत्यु हुनेको समाचार आएपछि सुरक्षाकर्मीले देशभर गुणस्तरहीन मदिरा उत्पादन गर्नेविरुद्ध अभियान थालेका छन् । सो क्रममा हालसम्म तीन जनालाई नियन्त्रणमा लिइएको जानकारी दिइएको छ ।
प्रहरी एकाइहरूले इस्तानबुलमा एउटा बुफेमा छापा मारेर विभिन्न प्रकारका ब्राण्डका धेरै नक्कली पेय पदार्थहरू बरामद गरेको बताइएको छ । गत वर्ष अक्टोबरमा टर्कीका विभिन्न प्रान्तमा बुटलेग रक्सी सेवन गर्दा ४० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ५० भन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको थियो ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया