टर्कीमा मदिरा सेवनबाट १० जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर २९ गते ९:११
काठमाडौँ । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुललगायत पाँच प्रान्तमा बुटलेग रक्सीको विषाक्तताले कम्तीमा १० जनाको मृत्यु भएको छ । राज्य सञ्चालित टीआरटी प्रसारकले मंगलबार उनीहरूको मृत्यु भएको जनाएको हो ।
विगत दुई दिनदेखि मृत्यु हुनेको समाचार आएपछि सुरक्षाकर्मीले देशभर गुणस्तरहीन मदिरा उत्पादन गर्नेविरुद्ध अभियान थालेका छन् । सो क्रममा हालसम्म तीन जनालाई नियन्त्रणमा लिइएको जानकारी दिइएको छ ।
प्रहरी एकाइहरूले इस्तानबुलमा एउटा बुफेमा छापा मारेर विभिन्न प्रकारका ब्राण्डका धेरै नक्कली पेय पदार्थहरू बरामद गरेको बताइएको छ । गत वर्ष अक्टोबरमा टर्कीका विभिन्न प्रान्तमा बुटलेग रक्सी सेवन गर्दा ४० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ५० भन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको थियो ।
सम्बन्धित











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया