सोमबार, पुष ७, २०८२

भीभो स्मार्टफोनको चौथो वर्षः “भीभो सेल्स कार्निभल” सुरु

मेरोन्यूज २०७८ मंसिर २९ गते १८:३२

काठमाडौं । स्मार्टफोन ब्राण्ड, भीभोले नेपालमा चार वर्ष पूरा गरेको छ । चौथो वार्षिकोत्सवका अवसरमा “भीभो सेल्स कार्निभल” सुरु भएको छ ।

सेल्स कार्निभलको उद्घाटन गर्दै हुँदै ब्राण्ड एम्बेसडर अभिनेता प्रदीप खड्काले भीभोले अत्याधुनिक प्रविधिको प्रयोग गरी ग्राहकहरुलाई सन्तोष प्रदान गर्दै आएको बताए ।

भीभोले आफ्ना ग्राहकलाई उच्चस्तरीय उत्पादनले सुविधा दिनुका साथै उनीहरुको आवश्यकता र मागलाई परिपूर्ति गर्दै लैजाने उनले उल्लेख गरे ।

स्थानीय ग्राहकहरुलाई आकर्षित गर्न भीभोले हरेक वर्ष सेल्स कार्निभलको आयोजना गर्दै आएको छ । कार्निभलमा आकर्षक उपहारहरु र सहुलियतको व्यवस्था गरिँदै आएको छ ।

भीभोको भी २०, भी २० एस.ई, भी २१, भी २१ ई र वाई १२ एस् को खरीदमा ल्यापटप, हेडफोन, भी २१ ई ह्याण्डसेट, ब्ल्युटुथ स्पीकर र इएरबडस् जस्ता आकर्षक उपहारहरु ग्राहकले जित्ने मौका पाउने जनाइएको छ । साथै कार्निभलको अवधिमा भीभोको फोन खरिद गर्ने हरेक ग्राहकहरुले निर्धारित समय भन्दा थप ६ महिनाको वारेण्टी पाउने नेपालको आधिकारिक डिलरले जनाएको छ । डिसेम्बर १५ तारीख देखि २२ दिन अर्थात् ५ जनवरी २०२२ सम्म सेल्स कार्निभल सञ्चालन हुने जनाइएको छ ।

भीभो ब्राण्ड नेपाली बजारमा स्मार्टफोनको लागि उत्कृष्ट स्तरमा पुग्नुका साथै अत्यधिक बिक्री हुने स्मार्टफोन बनेको कम्पनीले जनाएको छ ।

चौथो वार्षिकोत्सवको अवसरमा खड्काले बुधबार नै बजारमा नयाँ प्रवेश गरेको वाई सिरिज अन्तर्गतको वाई १५ स्मार्टफोनको लञ्च गरेका छन् ।

यस्तै, भीभोले नेपाल अर्फन एण्ड हेल्पलेस चिल्ड्रेन डेभलपमेन्ट एशोसिएसनसँगको सहकार्यमा सामाजिक उत्तरदायित्वको भूमिका निवार्ह गरेको छ । जसमा दि न्यू युथ चिल्ड्रेन डेभलपमेन्ट सोसाइटी र न्यु चिल्ड्रेन्स होमको पनि सहभागिता रहनेछ ।

भिभोको वार्षिक उत्पादन क्षमता २ सय मिलियन छ भने ५० भन्दा बढी मुलुकमा शाखा सञ्जाल रहेका छन् ।

प्रतिक्रिया