एमाले नेताहरूको जिम्मेवारी बाँडफाँड, वरियता तोकियो (अपानीसहित)

काठमाडौँ । नेकपा एमालेले दसौँ राष्ट्रिय महाधिवेशनपछि बसेको पहिलो र दोस्रो बैठकपछि पहिलो अन्तरपार्टी निर्देशन–१ (अपानी)जारी भएको छ । अपानीमा बैठकमा भएका सबै निर्णयहरु पठाइएको छ ।
केन्द्रीय कमिटीबाट गरिएको जिम्मेवारी बाँडफाँड, वरियता निर्धारण, केन्द्रीय सदस्यहरुको मनोनयनसम्म समेटिएको र जनवर्गीय संगठनको अधिवेशन, जिल्ला र प्रदेश अधिवेशनहरुको मिति समेत समेटिएको छ । पार्टीका निर्णय तथा निर्देशलाई तल्ला कमिटीमा पठाउन एमालेले अन्तर पार्टी निर्देशन जारी गर्ने गर्दछ ।
एमाले महासचिव शंकर पोखरेलले अन्तर पार्टी निर्देशन–१ केन्द्रीय पदाधिकारी तथा सदस्यहरु र प्रदेश तथा जिल्ला कमिटीले पाउने गरी इमेल गरिएको जानकारी दिए । एमालेले महाधिवेशनपछिका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार (आज)नै पत्रकार सम्मेलन पनि गर्दै छ ।
एमालेले पार्टी इतिहासमा पहिलोपटक विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन अलग–अलग रुपमा आयोजना गरेको थियो । विधान महाधिवेशनबाट राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पारित गरी कार्यान्वयनमा आइसकेका छन् ।
अपानीमा राष्ट्रिय महाधिवेशनले पार्टी विधानमा आंशिक संशोधन गर्नुका साथै ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो । अन्तर पार्टी निर्देशनमा महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको चितवनमा बसेको पहिलो पूर्ण बैठक र मंसिर २५ र २६ गते जर्मन होम्स हस्पिटालिटी, भक्तपुरमा बसेको दोस्रो पूर्ण बैठकका निर्णयहरु पठाइएको एमालले जनाएको छ ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया