मंगलबार, वैशाख १६, २०८२

एमालेको केन्द्रका सवै कार्यालय तीन महिनाभित्रै च्यासलमा सारिने

केन्द्रीय कमिटीको बैठक सञ्चालन गर्न मिल्नेगरी प्रतिष्ठानको जग्गामा नयाँ हल निर्माणमा पार्टीले लगानी गर्ने

मेरोन्यूज २०७८ पुष २ गते ९:४७


काठमाडौं । नेकपा (एमाले)ले थापाथलीमा रहेको पार्टीको केन्द्रीय कार्यालय र केन्द्रीय कार्यालयसँग सम्वन्धित सवै कार्यालयलाई तीन महिनाभित्रै ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा सार्ने भएको छ ।

२०७२ को भूकम्प पछि कार्यालय विहिन बनेको एमलेले त्यसयता धुम्वराहीस्थित पासाङ ल्यामु प्रतिष्ठानको भवनवाट कार्यालय चलाउँदै आएको थियो । तर गत वैशाख १ बाट भने उसले थापाथली बाट कार्यालय सञ्चालन गदै आईरहेको थियो ।

तर थापाथलीको अहिले वसिरहेको कार्यालय भवन पनि अपुग भएको र नेताहरुलाई गाडी पार्किङ लगायतमै समस्या देखिएपछि उसले केन्द्रीय कार्यालय च्यासलमा सार्ने निर्णय गरेको हो । यो निर्णय एमालेले केन्द्रीय कमिटि बैठकबाटै गरिसकेको छ ।

त्यसको लागि भईरहेको तयारीका विषयमा वैठकमा उपमहासचिव विष्णु रिमालले अहिलेसम्म भएका तयारी र कामहरुको जानकारी र भावी योजनाको प्रस्ताव वैठकमा राखेका थिए । त्यसलाई केन्द्रीय कमिटि बैठकले अनुमोदन गरिसकेको छ ।

सोही निर्णयका आधारमा उसले च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय लाई प्रयोग गर्ने र त्यसका लागि ५ वर्षको सम्झौता गरिसकेको छ ।

प्रतिष्ठानको भवनमा रहेको खाली जग्गामा एमलेले छुटटै नयाँ भवन पनि बनाउने भएको छ । अस्थायी प्रवन्धका लागि भन्दै उसले प्रतिष्ठानको खाली जग्गामा केन्द्रीय कमिटिको बैठक सञ्चालन गर्न मिल्ने गरी नयाँ हल निर्माण गर्ने र त्यसका लागि पार्टीले लगानी गर्ने निर्णय गरेको छ ।

त्यस्तै तुलसीलाल स्मृति प्रतिष्ठानको भवनको आवश्यकताका आधारमा मर्मत सम्हार तथा पूर्नब्यवस्था पनि एमालेले नै गर्ने भएको छ ।

स्थायी रुपमा केन्द्रीय कार्यालय भने मदननगर वल्खुमा रहेको जग्गा जो पहिले एमालेको केन्द्रीय कार्यालय रहेको थियो, त्यही निर्माण गर्ने पनि एमालेले जनाएको छ । त्यहाँ एमाले अध्यक्ष केपी ओलीले भवन निर्माणका लागि पहिले नै सिलान्यास गरिसकेका छन् ।

भदननगर वल्खुमा बन्ने नयाँ केन्द्रीय कार्यालयलाई आधुनिक सूचना प्रविधिमैत्री बनाउने निर्णय पनि एमालेको छ ।

त्यसका लागि उसले केन्द्रीय कार्यालयमा ७ सदस्यीय सूचना प्रविधि प्राविधिक (आइटी) टिमको व्यवस्था पनि गरेको छ ।

उक्त टिममा अस्गर अलि दाङ, शालिग्राम पराजुली चितवन, सुरज अधिकारी संखुवासभा, फर्सुराम खनाल अर्घाखाँची, तेजप्रसाद धमला सुनसरी, श्यामसुन्दर भटटराई काठमाडौं र सुजन महर्जन काठमाडौंले जिम्मा पाएका छन् । यस टिमले एमालेको आफ्नै सूचना प्रणाली व्यवस्थापन कार्य (एमआइएस) प्रणाली खडा गरी सदस्यता, लेखा र सूचना प्रवाहकोकाममा प्राविधिक सहयोग गर्ने ओलीले पार्टीको मातहात कमिटिलाई जारी गरेको अपानीमा उल्लेख छ ।


पार्टी सदस्यको विवरण अद्यावधिक गर्न यसै टिमको प्राविधिक सल्लाहमा प्रत्येक जिल्लाले सूचना दुरुस्त राख्न सहयोग गर्ने, केन्द्रीय कार्यालबाट अब पार्टीको आफ्नै ईमेल सेवा व्यवस्था गरिने, केन्द्रीय सदस्य र मातहत कमिटीहरूले पार्टीको औपचारिक सूचना आदान/प्रदानमा सोही ईमेल प्रयोग गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया