भीम रावल केन्द्रीय सल्लाहकार छन् : शंकर पोखरेल

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले भीम रावल एमालेको केन्द्रीय सल्लाहकार परिषदमा रहेको बताएका छन् । अध्यक्ष केपी ओलीसँग चुनावी प्रतिस्पर्धा गरेका रावलले केन्द्रीय सदस्य समेत अश्वीकार गरेपछि उनको एमालेको जिम्मेवारी के हो ? भनी सञ्चारकर्मीले एमाले केन्द्रीय कमिटिको बैठकको निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले रावल नीतिगत रुपमा पार्टीको केन्द्रीय सल्लाहकार परिषद्मा रहेको बताए ।
‘भीम रावल केन्द्रीय सल्लाहकार परिषद्मा हुनुहुन्छ । उहाँ नीतिगत रुपमा । उहाँले अध्यक्षसँग परामर्श गर्न सक्नुहुनेछ । अध्यक्षसँग काम गर्ने गरी कुरा गर्नुभएमा त्यस्तो पूस्ताव आएमा उहााँलाई थप के जिम्मेवारी दिने भन्नेमा हामी छलफल गर्न सक्छौं, तर उहाँँ नीतिगत रुपमा केन्द्रीय सल्लाहकार परिषद्मा हुनुहुन्छ ।’ पोखरेलले भने ।
एनले पार्टीभित्र जिम्मेवारीका सवालमा कसैलाई पनि विभेद नगरिएको जिकिर गरे ।
पार्टी नेकपाको निरन्तरताका रुपमा रहेका र माधव नेपालको कदमप्रति असहमति जनाएर पार्टीभित्रै रहेका कर्सैलाई पनि विभेद नगरेको उनले बताए । ‘कसैलाई पनि पार्टीले विभेद गरेको छैन । हाम्रो पार्टी विशाल कार्यकर्ताको सहभागिता भएको पार्टी हो । झापा आन्दोलन, ०३६, ०४६ र ०६२/०६३ को आन्दोलनवाट हुर्केको पार्टी पंक्ति पनि छ हामीसँग’ महासचिव पोखरेलले भने,–‘‘पार्टीमा एकसे एक रहदा सवैलाई समान प्रकारको जिम्मेवारी दिन सकिदैन । जिम्मेवारी दिँदा कोही कसैलाई आग्रह छैन ।’
पुस्तान्तरणमा एमाले पहिलो पार्टी
महासचिव पोखरेलले पार्टी नेतृत्वको पुस्तान्तरणमा एमाले पहिलो पार्टी भएको बताएका छन् । कांग्रेसमा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माहरुले चुनाव जितेपछि कांग्रेसमा पुस्तान्तरण भएको भनी चर्चा भईरहेका बेला एमाले महासचिव पोखरेलले कांग्रेसले भन्दा पनि एमालेले पुस्तान्तरणको काम पहिले गरेको बताएका हुन् ।
शुक्रवार पार्टीको दोस्रो पूर्ण वैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले पुस्तान्तरणको मुद्दा कांग्रेसले पछि पछि फलो मात्र गरेको बताए ।
‘पुस्तान्तरणमा हामी पहिलो हौं, अरुले अहिले फलो गरे । राजनीतिक दलको पुस्तान्तरणका लागि तीन पुस्ताको नेतृत्वको कुरा हामीले गरेका छौं । केन्द्रीय कमिटिमै ४५ प्रतिशत नयाँ पुस्ता आएका छन् । आधारभूत तहका कमिटिमै ३३ प्रतिशत महिला प्रतिनिधित्व हामीले गराएका छौं,’ महासचिव पोखरेलले भने ।
संसद चल्न दिदैनौं
एमालेले आफुले कारवाही गरेका माधव नेपालहरुलाई सँगै राखेर संसद चल्न नदिने कुरा फेरि पनि दोहोराएको छ । महासचिव पोखरेलले पार्टी निर्णय सार्वजनिक गदै सभामुखले कि पार्टीले कारवाही गरेकालाई कारवाही गर्नुपर्ने कि राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने भन्दै पोखरेलले त्यसो नगर्दासम्म सांसद चल्न नसक्ने वताए ।
संसद नचलेसम्म संसदको विजनेसका विषयमा एमालेले कुनै छलफल नगरेको महासचिव पोखरेलले बताए । उनले एमसीसीका विषयमा सत्तासिन दलले के गर्छ भन्ने अहिलेसम्म टुग्गो नलागेको र त्यसलाई आफुहरुसाग कुनै छलफल पनि नभएको बताए ।
‘एमसीसीमा सरकारले के गर्छ भन्ने टुंग्गो छैन । न सरकारले कार्यसूचीमा राखेको छ, न सरकारले हामीलाई केही भनेको छ । संसद प्रति नै हाम्रो विमति छ । पार्टीले कारवाही गरेकोलाई सूचनामात्र प्रकाशित गर्ने सभामुखले के गर्छन् ? निर्वाचन आयोगको निर्णयप्रति पनि असहमति छ । यस अर्थमा यी विषयमा सम्वोधन हुदैन । हामीले कारवाही गरेकालाई राखेर संसद चलाउने कुरा स्वीकार्य हुदैन,’ महासचिव पोखरेलले भने,–‘या सभामुखले राजीनामा दिने, मार्गप्रसस्त गरेर जाने हो भने नयाँ प्रक्रिया शुरु हुन्छ अन्यथा अर्काे तरिकाले संसद चल्दैन । सर्वाेच्चमा मुद्दा दायर गरेका छौं, त्यसको मुद्दाको फैसल्ला न भएको छ, न सभामुखले गल्ती कमजोरी सञ्चाएका छन्, न मार्ग प्रसस्त गरेका छन् । संसद अवरोध हटाउनेमा सत्तापक्षले पहल गर्नुपर्छ । त्यसपछि मात्र विजनेशमा जान्छौं ।’
राष्टिय सभा चुनावले जनमत वोल्दैन
म्हासचिव पोखरेलले माघ १२ मा हुन लागेको राष्ट्रिय सभाका केही सिटका लागि हुन लागेको निर्वाचनले जनमत नवोल्ने पनि वताए । एमालेलाई असम्वैधानिक र गैहकानुन िरुपमा खण्डित गरेर हुन लागेको चुनावले जनमत नबोल्ने पोखरेलको भनाई थियो ।
एनले राष्टिय सभामा सक्रियातपूर्वक सहभागिता एमालेको रहने र मत मिल्ने शक्तिसँग सहकार्य पनि हुन सक्ने वताउँदै उक्त निर्वाचनबाट आउने परिणाम नै सवै थोक अहिले नभएको बताए ।
‘अहिलेको अवस्थामा परिणाम के हुन्छ भन्नेमा चिन्ता गदैनौं । यो प्रत्यक्ष चुनाव होइन, परोक्ष चुनाव हो । माधव नेपालको मार्फत हाम्रो परिणामलाई खण्डित गर्ने काम भएको छ । गैह सम्वैधनिक गैह कानुनी काम भएको छ । हाम्रो सदस्यलाई खण्डित गर्ने काम भएको छ । त्यो जनादेश होइन । हामी जनादेशको कुरा गरिरहेका छौं । स्थानिय देखि केन्द्रसम्मको चुनाव गरौं। त्यसमा जनमत दाजिँनेछ ।’ पोखरेलले भने ।
प्रचण्ड-ज्ञानेन्द्र सम्वन्ध : हामीले आधार दियौं, पुष्टाई तपाईहरु गर्नुस
पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्व राजा ज्ञानेन्द्रका वीचमा माघ १९ को कदमका बेला सहमति भएको भन्ने पार्टी अध्यक्ष ओलीको भनाईको वचाउ पनि गरे । उनले त्यसलाई मिथ्या कुराको रुपमा नवुझि आफनो पार्टी अध्यक्षले आधार दिएको र त्यसको पुष्टाई गर्न भने सञ्चारकर्मीहरुलाई आग्रह गरे ।
‘माघ १९ पछि माओवादीको तर्फबाट जारी गरेको आधिकारिक वक्तब्यले उहाहरुको अनुभूति के थियो ? त्यसवेला वावुराम र प्रचण्डले वीचको अन्तरकलहमा पनि छ । त्यो आधर हामीले गरेका छौं, तपाईहरुले पुष्टाई गरिदिनुस । यो गलत होइन । मिथ्या कुरा हामीले गरेको होइन,’ पोखरेलले भने ।











कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
तनहुँमा ५९ हजार कुखुराको बिमा
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया