शुक्रबार, वैशाख ११, २०८३

निधिले देउवालाई भने- प्रदेश २ सभापतिमा रामसरोज यादवलाई सर्वसम्मत गरौं

मेरोन्यूज २०७८ पुष ३ गते १८:५६

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पुस ६ गते हुने प्रदेश २ को अधिवेशनबाट सर्बसम्मत नेतृत्व चयन गर्ने बिषयमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर छलफल गरेका छन्। शनिबार प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेटेर निधिले कांग्रेस प्रदेश २ को संसदीय दलका नेतासमेत रहेका रामसरोज यादवलाई सभापतिमा समर्थन गर्न आग्रह गरेका हुन् ।

Advertisement
NiccNicc

सभापतिको दोस्रो चरणको निर्वाचनमा देउवालाई आफूले समर्थन गर्ने निर्णय गर्दा प्रदेश २ को संसदीय दलका नेता रामसरोज यादव पनि सँगै रहेको स्मरण गराउँदै निधिले यादव सिनियर नेता पनि भएकोले समर्थन गर्नुपर्ने तर्क अघि सारेका स्रोतले जानकारी दियो ।

प्रदेश २ को सभापतिका लागि यादवले उम्मेदवारी घोषणा गरेपछि अर्का देउवा निकट मानिने कृष्ण यावदले पनि घोषणा गरेका छन्। प्रदेश २ मा यहि पुस ६ गते उम्मेदवारको मनोनयन दर्ता र पुस ७ गते चुनाब हुने कार्यक्रम तय भएको छ । प्रदेश २ का ८ वटै जिल्लाको अधिवेशन अहिलेसम्म हुन सकेको छैन।

प्रतिक्रिया