प्रदेश २ मा कारोना संक्रमित दरमा वृद्धि
काठमाडौँ । पछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोरोना संक्रमण दर पुनः बढ्न थालेका छ । गत मंसिर अन्तिम सातासम्म संक्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको जनाउँदै स्वास्थ्य कार्यालयले सर्तकता अपनाउन आग्रह गरेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार विगत एक साताको अवधिमा संक्रमितको संख्या झण्डै दोब्बरले वृद्धि भएको छ । नयाँ संक्रमित थपिएकामध्ये अधिकांश धनुषाकै रहेको निर्देशनालयले जनाएको छ ।
गत मंसिर १८ गते प्रदेशमा ३४ कोरोना संक्रमित रहेकामा यही पुसको ३ गतेसम्ममा संक्रमितको संख्या ६५ पुगेको स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिए । तीमध्ये ६२ होम आइसोलेशनमा रहेका छन् भने तीन चिकित्सकको निगरानीमा छन् ।
प्रदेशमा ६५ कोरोना संक्रमित रहेकामा धनुषामा मात्र ३५ सक्रिय संक्रमित छन् । त्यस्तै, महोत्तरीमा १६, सिरहामा पाँच, सर्लाहीमा तीन, पर्सामा चार, सप्तरीमा एक र बारामा एक जना कोरोनाको सक्रिय संक्रमित रहेको जनाएको छ ।















राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
ज्यान हत्केलामा राखेर लिएको सदस्यता कसैको लहडमा भाषण गरेर खारेज हुन सक्दैन-पूर्णबहादुर खड्का
नाटोप्रति ट्रम्पको तीव्र असन्तुष्टि
एमाले अध्यक्ष ओलीको शल्यक्रिया सम्पन्न
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया