स्याङ्जाका ९९ प्रतिशतलाई पहिलो मात्राको खोप प्रदान
काठमाडौँ । स्याङ्जाका अठार वर्षमाथिका ९९ प्रतिशतले कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् ।
जिल्लामा खोपका लागि अठार वर्ष उमेर समूहभन्दा माथिको लक्षित संख्या एक लाख ६३ हजार ८४० मध्ये एक लाख ६२ हजार ३८२ जनाले पहिलो मात्रा लगाएका स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जानकारी दिइन् ।
जिल्लामा गत शुक्रबारसम्म एक लाख १९ हजार ७८५ जनाले कोभिड– १९ विरुद्धको दोस्रो मात्रा लगाइसकेका छन् । एघार पालिकामध्ये सबैभन्दा धेरै पुतलीबजार नगरपालिकामा पहिलो मात्रा लगाएका धेरै छन् ।
“अठार वर्ष उमेर समूहभन्दा माथिका ९९ प्रतिशत नागरिकलाई पहिलो मात्रा खोप लगाइसकेका छौं” प्रमुख शर्माले भनिन्, “दोस्रो मात्रा पनि धेरैले लगाइसकेका र बाँकीलाई लगाउने तयारी भइरहेको छ ।” अठार वर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइसकेकाले अब आजदेखि जिल्लामा मोर्डना खोप लगाउन सुरु गरिने उनले जानकारी दिइन् ।
प्रमुख शर्माका अनुसार १२ वर्षदेखि १७ वर्ष उमेर समूहका करिब २९ हजार बालबालिकालाई खोप लगाउने गरी तयारी भएको छ ।

















सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया