बेलायतमा एकै दिन १२ हजार जनामा ओमिक्रोन पुष्टि
मेरोन्यूज
२०७८ पुष ६ गते ७:३६

काठमाडौँ । बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार १३३ जना ओमिक्रोनबाट संक्रमित भएका छन् ।
योसँगै बेलायतमा ओमिक्रोनबाट कूल संक्रमितहरुको संख्या ३७ हजार १०१ पुगेको अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी कोरोनाबाट एकैदिनमा ८२ हजार ८८६ जना संक्रमित भएका छन् । बेलायतमा कोरोनाबाट अहिलेसम्म संक्रमितहरुको संख्या एक करोड १३ लाख ६१ हजार ३८७ पुगेको जनाइएको छ ।
यसअघि गत शनिबार एकैदिन ९० हजारभन्दा बढी संक्रमित भएका थिए । बेलायतमा पछिल्लो समय कोरोनाबाट दैनिक संक्रमितहरुको संख्या अत्यधिक धेरै भएको छ ।
बेलायतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ४७ हजार २१८ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया