बेलायतमा एकै दिन १२ हजार जनामा ओमिक्रोन पुष्टि
मेरोन्यूज
२०७८ पुष ६ गते ७:३६

काठमाडौँ । बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार १३३ जना ओमिक्रोनबाट संक्रमित भएका छन् ।
योसँगै बेलायतमा ओमिक्रोनबाट कूल संक्रमितहरुको संख्या ३७ हजार १०१ पुगेको अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी कोरोनाबाट एकैदिनमा ८२ हजार ८८६ जना संक्रमित भएका छन् । बेलायतमा कोरोनाबाट अहिलेसम्म संक्रमितहरुको संख्या एक करोड १३ लाख ६१ हजार ३८७ पुगेको जनाइएको छ ।
यसअघि गत शनिबार एकैदिन ९० हजारभन्दा बढी संक्रमित भएका थिए । बेलायतमा पछिल्लो समय कोरोनाबाट दैनिक संक्रमितहरुको संख्या अत्यधिक धेरै भएको छ ।
बेलायतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ४७ हजार २१८ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।
सम्बन्धित











जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
हामीसँग बयान लिन खोज्नु गैरकानुनी : ओली
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया