डा. नूतन शर्माले अल्का छाडिन्, नर्भिकमा पूर्णकालीन सेवा सुरु

काठमाडौं । वरिष्ठ प्रसूति तथा स्त्रीरोग एवम् टेष्टट्युव बेवी विशेषज्ञ डा. नुतन शर्माले नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्णकालीन सेवा सुरु गरेकी छिन् ।
करिब १५ बर्षदेखि काम गर्दै आएको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालसँगको सहकार्य अन्तसँगै डा. शर्माले नर्भिकमा पूर्णकालीन सेवा सुरु गरेकी हुन् ।
अल्का अस्पतालमा आफ्नै फर्टिलिटि सेन्टर समेत सञ्चालन गर्दै आएकी डा. शर्माले मंसिर १ गतेदेखि अल्का अस्पतालसँगको सहकार्य अन्त गर्दै नर्भिकमै पूर्ण रुपमा सेवा सुरु गरेकी हुन् ।
काठमाण्डौैंको थापाथलीस्थित नर्भिक अस्पतालमा संचालनमा आएको नर्भिक आइभिएफ सेन्टर मार्फत डा. शर्माले स्त्री रोग तथा बाँझोपनसम्बन्धी समस्या भएका बिरामीको उपचार सेवा शुरु गरेको जानकारी दिइन् । अल्काको आइभिएफ सेन्टरसमेत डा. शर्माले नै सुरु गरेकी थिइन् ।
स्त्री रोग तथा बाँझोपनसम्बन्धी समस्या भएका बिरामीलाई आधुनिक सुविधासहित थप उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नर्भिक अन्तराष्ट्रिय अस्पतालमा आवद्ध भएको डा. शर्माले बताइन् ।
अल्कामा करिब १५ बर्षभन्दा बढी समय बिरामीको सेवा गरेकी शर्माले प्रसूति तथा स्त्री रोगका साथै बाँझोपनसम्बन्धी समस्या भएका बिरामीलाई नर्भिक हस्पिटलबाट अझै परिस्कृत एवं उच्चस्तरीय सेवा दिने बताइन् ।
नर्भिक आइभिएफ सेन्टरमा नेपालमै पहिलोपटक अन्तराष्ट्रिय स्तरको मोडुलर ओटी र जेनेटिक ल्याबसहितको टेष्टट्युब बेवी सेवा संचालन भएकाले बिरामीले तुलनात्मक रुपमा थप उच्चस्तरीय सेवा पाउने डा. शर्माको भनाई छ ।


















सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)
वार्षिक कार्ययोजनाबारे समीक्षा
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया